दैलेखका तिलक कोइराला र गुल्मीका सुरज खनालको निर्देशनमा तयार पारिएको ‘टेलि श्रृङ्खला अति भो’ सञ्चालन

  • कमेडियन खबपु अब नेपाल टेलिभिजनको पर्दामा

  • दैलेख जेठ २५
    रोल्पाका चर्चित कमेडीयन खबपु अव टेलिऋखंलामा देखिने भएका छन् । उनीसँगै अन्य धेरै चर्चित कलाकारहरूले समेत ‘टेलि श्रृङ्खला अति भो’ मा आफ्नो अभिनय गरेका छन् ।
    कमेडी च्याम्पियनका चर्चित हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) अहिले अर्गानिक कमेडियनको उपमा पाएका छन् । उनी सहितको टोलिले अहिले अति भो ‘टेलि श्रृङ्खला सञ्चालन गरेको हो ।
    रोल्पाका पुन सँगै अन्य कलाकाहरुले सञ्चालन गरेको हास्य टेलिऋखला एनटिभि प्लसबाट शनिवार राती ९ बजे प्रसारण हुँदै आएको छ । समसामयिक विषयवस्तुमा आधारित रहेर हास्यव्यंग्य मार्फत चेतना र सन्देश प्रवाह गर्ने हेतुले तयार पारिएको उक्त श्रृङ्खलामा खड्ग बहादुर पुन, सुमन सागर, रियाशा दाहाल, शर्मिला शर्माले अभिनय गरेका छन् । यस्तै, युगज्योती क्रियाशील, कन्चन खड्का, राहुल श्रेष्ठ, चन्द्र पाण्डे, सुरज खनाल, तिलक कोइराला, सीमा ढकाल आदीको अभिनय रहेको छ ।


    टेलि श्रृङ्खला अति भो को निर्देशन दैलेखका कलाकार तिलक कोइराला र गुल्मीका सुरज खनालको रहेको छ । श्रृङ्खलाको लेखन सुरज, तिलक र चन्द्रको रहेको छ भने दिलीप विष्टले छायाङ्कन गरेका छन् । श्रृङ्खला निर्देशन सन्तोष खनालको रहेको छ ।
    शनिवार राति ९ः३० बजे मिडिया हबको युट्युव च्यानलमा पनि हेर्न सकिने निर्देशक तिलक कोइरालाले जानकारी दिएका छन् । अहिले सातौँ भाग सुरु भैसकेको छ । लकडाउनले केही समय समस्या भए पनि पुनः सुचारु भएको कोइरालाले बताए ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार