
धमाका दैनिकले करिव २ साता अघि दैलेखका प्रतिनिधि सभा सदस्य एवं नेकपा दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले प्रतिनिधि सभामा बोलेको कुरालाई थप पुष्टि गर्दै उनिसँगैको अन्तरवार्तालाई पहिलो समाचार बनाएर दैलेखमा एक साताभित्र पिसिआर मेसिन आउने भनेर पहिलोपटक समाचार सम्प्रेषण गरेको थियो । समाचार प्रकाशन भएको भोलिपल्टबाटै दैलेखी जनताहरुले दिनगन्ति सुरु गरे, नगरुन पनि कसरी दैलेखमा दैनिक सयौंको संख्यामा संक्रमण देखिदै जानु, भारतबाट आउने दाजुभाईहरुको संख्या बढ्दै जानु, पिसिआर जाँचका लागि पठाएको रिपोट २० दिन सम्म पनि नआउनु र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आन्दोलन गर्दै सडक बाहिर निस्कनु यस्ता धेरै समस्याको एउटा मात्र समाधान थियो, दैलेखमा पिसिआर मेसिन जसरी पनि जडान हुनुपर्दछ । जिल्लाका व्यापारी, बृद्धिजीवि, उद्योगी, राजनीतिक दल, नागरिक समाज, आम सर्वसाधारणको यो भावनालाई कदर गरेर प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले जसरी पनि मेसिन दैलेख ल्याउने कुरा ठोकुवा गरेका थिए ।
बोलेको एक साता ढिला भएपनि स्वास्थ्यकर्मीसहित मेसिन बोकेर दैलेख सदरमुकाम आएका सांसद शर्मालाई अहिले आम नागरिकहरुले बधाई दिएका छन् । उनिसँगै बिभिन्न निकायमा खट्ने सबै व्यत्तित्वहरुलाई दैलेखका नागरिकहरुले धन्यवाद दिएका छन् ।
दैलेखमा मेसिन झरेसँगै मिसन पिसिआरको एउटा पाटो सफल भएको छ । अव सकुसल मेसिन संचालन गरेर जिल्लाका बासिन्दाहरुको पिसिआर जाँच भयो भने यो मिसन पुरा हुने छ ।
संघीय सांसद रबिन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिन सँगै हिडेको स्वास्थ्यकर्मीको टोलि शुक्रवार दैलेख पुगेको हो ।
सांसद शर्माको यस्तो छ प्रतिक्रियाः

दैलेखमा कोरोना संक्रमणको दर तीब्र बन्दै गएपछि जिल्लामा पिसिआर मेसिन आवश्यक भएपछि मेरो निर्वाचित क्षेत्र बिकास कोष अन्तर्गत यो वर्षका लागि ठेक्का खुलाएर बचेको १ करोड रकमले मेसिन खरिद प्रक्रिया थालेको हुँ । नारायण नगरपालिका दैलेख अन्तर्गत मेसिन खरिदको काम सुरु गरिएसँगै दैलेखमा स्वास्थ्यकर्मी सहितको टोली शुक्रबार दैलेख आएको छ ।
अहिले मेसिन सँगै १ हजार थान भिटिएम पनि आएको छ । अव कुनैपनि नागरिकहरुले डराउनुपर्ने अवस्था छैन्, सबैको पिसिआर जाँच हुन्छ ।
बृद्ध, दिर्घरोगि, लक्षण देखिएका बिरामीहरुलाई आइसुलेसन बिशेष अस्पतालमा उपचार हुन्छ, सामान्यलाई सामान्य वाडा स्तरको आइसुलेसन अस्पतालमा उपचार हुन्छ । कम्तिमा १ महिनामा सबैको कन्ट्याक्ट टूेसिगं सँगै उपचारको व्यवस्थापन हुन्छ ।
दैलेखमा आएको पिसिआर मेसिनको प्राविधिक जिम्मेवारीका रुपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह सहितको टोलिले व्यवस्थापन गर्ने कुरा तय भएको छ ।
उहाँहरुको बिशेषज्ञ टोलिले समेत कोरोना जाँच लगायत अन्य बिभिन्न बिषयहरुमा सहकार्य गर्ने सहमती भएको छ । अहिले सामान्य प्रवृधिबाट जाँच सुरु गर्दैछौं १० देखि १५ दिनभित्र अटो सिस्टम थप गरेर दैनिक ३ सय जनाको जाँच गरेर सिगो कर्णालीका जनताको स्वास्थ्य सुरक्षामा दैलेखले अग्रणी भूमिका खेल्ने छ ।
डा. रबिन खड्का भन्छन्ः दैलेखका लागि अहोभाग्य
मेसिनबाट अन्य सजिव प्राणिको डिएनए र आरएनए परीक्षण हुन्छ

जन्मघर दैलेख भएका ड.रबिन खड्का सहित ८ जना स्वास्थ्यकर्मीको टोलि दैलेखमा आएको हो । टोलिमा ल्याव टेक्निसियन प्रमुख लगायतको सहभागिता रहेको छ । अहिले मेसिन जडान गर्ने भवन निर्माणको कार्य अन्तिम तयारीमा छ । दुईदिनभित्र भवन निर्माण कार्य सम्पन्न हुने र थप एक दिनमा मेसिन सेटअफ गरेर पिसिआरको नमूना परीक्षण सुरु गर्ने तयारी भएको छ । मैले आफै मेसिन ल्याएको आएको छु, मेसिन जडान गरेर पिसिआर जाँच पश्चात काठमाडौं फर्कन्छु ।
पिसिआर मेसिन अहिलेको महामारिका लागि मात्र नभै दैलेखका लागि मेसिन आउनु ठूलो कुरा हो । अहिले कोरोना महामारिका लागि स्वाब जाँचमा यो प्रयोग हुन्छ तर यो समस्या समाधान भएपछि अन्य सजिव प्रार्णीहरु भित्रको क्षमता पत्ता लगाउन पनि यसको निकै महत्वपूर्ण काम हुन्छ । दैलेख लगायत कर्णालीमा पाईने बिभिन्न जडिबुटीहरुको डिएनए र आरएन ए पत्ता लगाएर औषधि प्रयोग जस्ता काममा पनि मेसिनको सदुपयोग हुने भएकोले दैलेखका बासिन्दाहरुले यसलाई राम्रो सदुपयोग गर्नुपर्ने देखिन्छ ।
हामीले जनताकै लागि काम गरेका छौं,
१५ दिनमा आइसुलेसन अस्पताल बन्यो,मेसिन आयोः थापा

कर्णाली प्रदेश सभाका सदस्य अमरबहादुर थापाले दैलेखका जनताहरुलाई कोरोना संक्रमणबाट बचाउन संघीय सांसद रबिन्द्र शर्माको पहलमा मेसिन खरिद गरिएको र आफुले करिव ७० लाखको लागतमा आइसुलेसन अस्पताल निर्माण कार्य सुरु गरेको बताउँदै तीन दिनभित्र मेसिन संचालन र अस्पताल उद्घाटन हुने बताएका छन् । जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट भ्याएसम्म दैलेखी जनता बचाउन लागेको थापाको भनाई छ । नारायण नगरपालिकाले दुवैकामको अगुवाई गरेकोमा थापाले नगरपालिकालाई धन्यवाद दिएका छन् । हामी जनता बचाउनकै लागि लागेका छौं । आपतका बेलामा हाम्रो कर्तव्य नै जनता बचाउने हो । अव मेसिन जडान हुन्छ, समस्या भएकाहरुलाई आइसुलेसन अस्पतालमा उपचार हुन्छ । संक्रमित भए नभएको भन्दै २० दिन सम्म जनताहरुले क्वारेन्टाइन कुर्न पर्दैन् । स्थानीय सरकार नभएको भए यस्तो अवस्था राज्यले कसरी थाम्नेथियो होला । यो महामारिमा स्थानीय सरकारले निकै प्रभावकारी काम गरेको थापाको भनाई छ ।
समन्वय प्रमुख भन्छन्ः जिल्लामा पार्टी, नेता र नेतृत्व छन् भने आभाष जनतालाई भएको छ ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले दैलेखमा मेसिन जडानका लागि सहयोग गर्ने विपद व्यवस्थापन समिति, नारायण नगरपालिका, जिल्लाका राजनीतिक दल, प्रदेश सांसद अमर बहादुर थापा र संघीय सांसद रबिन्द्रराज शर्मा लगायतको भूमिका निकै महत्वपूर्ण भएको प्रतिक्रिया दिएका छन् । हामीले हाम्रो स्थानबाट सकेसम्मको प्रयास ग¥र्यौं निर्वाचित जनप्रतिनिधिहरु आवश्यक परेका बेलामा जनता बचाउन जस्तो सुकै समस्याको समाधान गर्न तयार रहेको यो एउटा उदाहरण हो थापाले भने । जिल्ला समन्वय समितिले समेत आपतकालिन बैठक राखेर मेसिन खरिदका लागि रकमान्तर गर्ने निर्णय गरेलगत्तै काम अघि बढेको थियो आज सफल भयो ।
केही समय जिल्लामा नेतृत्व भएर पनि काम भएन भनेर अनावश्यक रुपमा बखेडा झिक्नेहरुको मुख बन्द भएको छ । आम जनताहरुले जिल्लामा पार्टी, नेता र नेतृत्व छ भन्ने कुराको आभाष जनतालाई गराएका छन् । सबैलाई धन्यवाद दिन चाहन्छु ।
जनप्रतिनिधिहरुले गाली खाने दिन गए
अव छिमेकी जिल्लालाई समेत सहयोग गर्छौं ः नगरप्रमुख खड्का

दैलेखबाट स्वाब संकलन गरेर सुर्खेत र जुम्ला पठाउनुपर्ने र रिपोट आउन २० दिनसम्म कुर्नुपर्ने बाध्यता मेसिन जडान सँगै हटेको छ । यो जिल्लाका बासिन्दाहरुको लागि निकै गौरवको कुरा भएको नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिएका छन् । जनप्रतिनिधिहरुले जति धेरै गालि खाएको भएपनि आज मेसिन दैलेखमा आएपछि अव जनताहरुले जनप्रतिनिधिहरुको कार्यको प्रशंसा गर्ने आशा गरेको खड्काले बताए । हिजोसम्म स्वाब परीक्षणमा ढिलाई भएको भन्दै हामीलेनै ढिलाई गरेझै गरे गालि गर्ने दाजुभाई दिदिबहिनीहरुको लागिबाट पनि अव छुटकारा मिल्ने भयो खड्काले भने । हामी यसको क्षमता बिस्तार गरेर छिमेकी जिल्लाको पिसिआर जाँचका लागि पनि सहयोग गर्नेछौं ।
मैले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरेकी हुँः शर्मा

दैलेखमा मेसिन जसरीपनि लिनुपर्छ भन्दै बिभिन्न निकायहरुसँग प्रत्यक्ष सहकार्य गर्दै आएकी महिला नेतृ एवं राष्ट्रपति कार्यालयकी उपसचिव दिपा शर्मा समेत पिसिआर मेसिन ल्याएर टोलिमा दैलेख आएकी छन् । कामको खोजीमा भारत जानुपर्ने बाध्यता भएका दैलेखका ४२ हजार नागरिकहरु जिल्ला भित्रने क्रम बढेको छ ।
दैलेखमा आएर क्वारेन्टाइनमा बसेका मध्ये अधिकाँसको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै अहिले दैलेख रेडजोनमा परेको छ । दैलेखमा ७ सय २३ जनामा कोरोना संक्रमण देखिएको बेलामा जनता बचाउने दायित्व सबै दैलेखका जिम्मेवार निकायहरुको रहेको भन्दै आफुले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरेकी हुँ ।
आफुले गरेको सहयोगले दैलेखका नागरिकहरुको स्वास्थ्य अवस्था सुधार हुनेमा आशाबादी छु ।
जनता बचाउन लागेका दुवै माननीयलाई धन्यवादः शर्मा

जनताको स्वास्थ्य अवस्था चिन्ताजनक भएका बेलामा जिल्लामै पिसिआर मेसिन आएपछि सबै क्षेत्रमा खुसीयाली छाएको स्वास्थ्य सेवा कार्यालय दैलेखका अध्यक्ष लोमन शर्माले जानकारी दिएका छन् । अव जाँच सँगै मानिसहरु सुरक्षित हुने अवस्था आउने छ । यो जनताको लागि निकै खुसीको कुरा हो प्रतिनिधि सभाका सदस्य माननीय रबिन्द्रराज शर्मा र प्रदेश सभा सदस्य अमरबहादुर थापा, नारायाण गनरपालिकाका प्रमुख उपप्रमुख सँगै सक्रिय वडा अध्यक्षलाई शर्माले धन्यवाद दिएका छन् ।
जति काम गरेपनि जस पाईएन अव केही जस पाईन्छ होलाः तीर्थ नारायण श्रेष्ठ

मेसिन सहित स्वास्थ्यकर्मीको टोली दैलेख आएपछि दैलेखका बासिन्दाहरु खुसी देखिएका छन् ।
जनप्रतिनिधिहरुले क्वारेन्टाइनमा बसेकाहरुबाट समेत गाली खाएको भएपनि अव केही दिनमा दैलेखमै चेकजाँच सुरु भएपछि कोरोना सँग जुध्न र दैलेखी जनताको स्वास्थ्य सुधारमा ठूलो प्रभाव पार्ने नारायण नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तीर्थ नारायण श्रेष्ठले जानकारी दिएका छन् ।









