असार १५
दैलेख जिल्लाका विभिन्न स्थानहरूमा हर्कबहादुर शाही स्मृति फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य सामग्रीसँगै खाद्यान्न सामग्री वितरण गरेको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माको रोहबरमा पिपिइ ५ सेट, सेनिटाइजर ५ लिटरको २ जार, डाक्टर सेफ्टि कीट ५ थान, सेनिटाइजर, १०० एमएल ११ पिस, माक्स मेडिकेटेड ५०० पिस र हेन्ड ग्लोप्स प्रदान गरिएको छ ।
दुल्लू नगरपालिकालाई पनि चामल र दालको १० केजीको ५ प्याक, सेनिटाइजर ५ लिटरको ३ ग्यालिन, बिस्कुट २ कार्टुन, पिपिइ ५ सेट, ग्लोप्स २०० थान, माक्स मेडिकेटेड १००० थान र डाक्टर सेफ्टि किट ५ थान प्रदान गरिएको छ ।
भैरवि गाउँपालिकाको रावतकोट, भिर्खेत र पञ्चदेवल मा.वि. मा सेनिटाईजर, मास्क, र हत धुने सावुन स्थानिय जनतालाई निःशुल्क सामग्री वितरण गरिएको फाउण्डेशनका अध्यक्ष दिपक शाहीले बताएका छन् । कोरोना भारसका कारण विश्व नै आक्रान्त बनेको बेला निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेर जनताको स्वास्थ्य सुरक्षमा खटिएको शाहीको भनाई छ । कोरोना भाइरको संक्रमण दिनप्रतिदिन बढ्दै गएको र त्यसैमा पनि दैलेख जिल्ला रेड जोनमा परेको भन्दै केही यस्तो बेलामा सबैले सहयोग गर्नुपर्ने भएकाले हर्कबहादुर फाउण्डेशन द्धारा आफुहरुले निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको फाउण्डेसनका अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य दिपक बहादुर शाहीले र जिल्ला पार्टी सचिव विरेन्द्र सिहंले बताए ।











