बृक्षारोपण सहित लायन्स क्लव अफ दैलेखमा नयाँ नेतृत्वः अध्यक्षमा थापा

दैलेखः आफुभन्दा कमजोर अवस्थामा रहेका समुदायहरुको सहयोगका लागि गठन भएको अन्तर्राष्ट्रिय स्तरको परोपकारी संस्था लायन्स क्लव अफ दैलेखले बृक्षारोपण सहित नेतृत्व परिवर्तन गरेको छ ।
लायन्स क्लब अफ दैलेखको नयाँ नेतृत्व चयन सँगै अध्क्षमा खम बहादुर थापा नियुक्त भएका छन् । थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
हरेक बर्ष नयाँ नेतृत्व चयन हुने बैधानीक प्रावधान अनुसार नेतृत्व परिवर्तन भएको हो ।
हरेक वर्ष नयाँ नयाँ कार्यक्रमहरु गर्दै आएको लायन्स क्लव अफ दैलेखले कोरोना कहर सँगै दैलेखमा पैदल यात्रा गरेर आएका हजारौं यात्रुहरुलाई यो वर्ष खाना खुवाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार