गाउँपालिका भरी २६ स्थानमा बाँझो जमिनको सदुपयोग गर्दै भगवतीमाई गाउँपालिका

आसर २३

दैलेखको भगवतीमाई गाउँपालिकाले पालिकामा रहेको बाँझो जमिन सदुपयोग गर्ने तयारीमा रहेको छ । पालिकाका सबै वडा १ देखि ६ सम्मका २६ स्थानमा बाँझो जमिन सदुपयोग गर्दै, डालेघाँस, अलैची, फलफुल, कोदो, सिमि लगाउने काम सुरु गरिएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताएका छन् ।
पालिकाले कोरोना संक्रमण सँग गाउँमा फर्किएका युवाहरुलाई स्थानीय सहकारीमार्फत परिचालन गरेर गाउँमै रोजगारी दिने र बाँझो जमिन सदुपयोग गर्ने अभियान सुरु गरेको जानकारी दिएका छन् ।


अहिले भगवतीमाई गाउँपालिका वडा नं. ६ को चिफिनमा पौरखी सहकारी संस्थाले २ सय रोपनीमा सिमि र कोदो लगाउने तयारी थालेको छ । किसानहरुले समूहगत रुपमा बाँझो जमिनमा लगाएका बिभिन्न तरकारी, फलफुल र लोपउन्मुख बाली उत्पादन भएमा त्यसको खरिद गाउँपालिकाले गरिदिने गाउँपालिकाले जानकारी दिएको छ ।
किसानले उत्पादन सुरु गर्दै गर्दा सम्झौता गरेर काम सुरु गरिएको अध्यक्ष थापाले जानकारी दिएका छन् । आगामी वर्षमा पालिकाले नीति निर्माण गरेर काम सुरु गर्ने भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार