नगरपालिकाको लापरवाही कुहिएको चामल बितरण

  • दुई दिनदेखि स्थानीय आन्दोलित
  •  

    दैलेखको नारायण नगरपालिका वडा नंंं. ४ का स्थानीय बासिन्दाहरुले वडाले बितरण गरेको राहत चामल कुहिएको भन्दै दुईदिनदेखि आन्दोलन गरेका छन् ।
    कोरोनाको जोखिममै स्थानीयले वडा कार्यालय नजिक नारा जुलुस गर्दै मंगलबार बुधवार दुईदिन प्रर्दशन गरेका छन् । बुधवार वडा कार्यालय तालाबन्दी समेत गरेका छन् ।
    नारायण नगरपालिकाले दुई महिना अघि राहत बितरण कार्यलाई तीब्रता दिएको थियो । कतिपय वडाहरुमा बितरण कार्य सकिएको भएपनि नारायण नगरपालिकाको वडा नं. ४मा ५ सय ५५ घरधुरीलाई बितरण गर्ने भनेर लगेको २ सय १३ बोरा चामल मध्ये केही चामल कुहिएको परेको भन्दै स्थानीयले आन्दोलन गरेका छन् । अधिकाँस महिलाहरुले स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै आन्दोलनमा उत्रेको डिलकुमारी कटुवालले जानकारी दिएकी छन् ।
    नारायण नगरपालिका दैलेखको गोदाममा बिगत दुई महिनादेखि उक्त चामल थन्किएको थियो । दुई महिना सम्म नगरपालिकाको गोदाममै थन्काउनुको साटो जनतालाई उतिबेलै प्रदान गर्नुपर्ने राहत बितरण नगरिनु वडा र नारायण नगरपालिकाको लापरवाही भएको हस्तबहादुर खड्काको आरोप छ ।

     


    वडा अध्यक्ष वीरबहादुर कटुवालले आफु वडामा नभएको बेलामा कर्मचारीले चामल बितरण गरेको जानकारी दिदै, जनताको राहतका लागि चामल बितरण गरिएको र केही समस्या भए तत्काल सच्चाउन आफुले कर्मचारीलाई निर्देशन दिएको बताएका छन् । नारायण नगरपालिकाको टेन्डर प्रक्रियामार्फत चामल खरिद गरी गोदाममा राखेर वडामा पठाएपछि कर्मचारीहरुले सोही चामल वितरण गरेको अध्यक्षले बताएका छन् ।
    वडा सचिव चक्र बहादुर कटुवालले आफुले कुहिएको चामल नदेखेको, केही स्थानीयहरुले रिसिबीका कारण सामान्य मक्किएका एकदुई बोरी चामल सडकमा छरेर अनावश्यक टिकाटिप्पणी गरेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय दैलेबाट बुधबार गएको टोलीले परीक्षणका लागि तीन बोरी चामलको स्याम्पल लगेको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार