सलहको दुईवटा झुण्ड दैलेखमा प्रवेशःकिसान चिन्तित

 

दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ । शुक्रवार सुर्खेतमा देखिएको सलह शनिवार दैलेखमा देखिएको हो ।
दैलेखको पश्चिम क्षेत्र तोरायाँ, जाहारकोटमा बसेको सलहको झुण्डलाई स्थानीयले थाल ठटाएर, आगो बालेर भगाएका छन् । साँझ ५ बजे दैलेख सदरमुकाम हुँदै दुईवटा ठुलो झुण्ड दैलेखको पूर्वी क्षेत्र प्रवेश गरेको छ । साँझको बास पूर्वी क्षेत्रमा हुने भएपछि भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाका क्षेत्रमा क्षति गर्ने भन्दै किसानहरु चिन्तित बनेका छन् ।
दैलेखमा सलहको प्रकोप बढ्नेबारेमा कृषि विकास कार्यालय दैलेखले जिल्लाभर स्थानीय संचार माध्याम मार्फत सूचना प्रवाह गरेको निमित्त कार्यालय प्रमुख तीलक प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार