व्यक्ति व्यक्ति भेट्दै राहत बाँड्दै कुलबहादुर बि.क.

 

दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुल बहादुर बिकले कोरोना कहरमा राहत बितरणलाई नियमित र प्रभावकारी बनाएका छन् ।
पत्रकार, सुरक्षा निकाय, बिपन्न बस्ति हुँदै दैलेख सदरमुकाममा चोक चोकमा समेत पटक पटक गरि करिव ७ पटा भन्दा बढी राहत बितरण गरेका छन् । पछिल्ला दिनहरुमा दैलेख सदरमुकाममा आवत जावत गर्ने स्थानीय सर्वसाधारणहरुलाई समेत मास्क, सावुन बितरण गरेर प्रभावकारी उद्धारको काम गरेको उदाहर बन्न सफल भएका कुलबहादुर बि.क.ले कोरोना कहरमा आफ्नो क्षमताले भ्याएसम्म जनताको स्वास्थ्य सुरक्षाका लागि खटिएको प्रतिक्रिया दिएका छन् ।
भैरहवा सुनचाँदी पसलका प्रोपराईटर समेत रहेका बि.क.ले कोरोना संक्रमणको दर दैलेखमा उच्च भएकै बेलादेखि, सावुन, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हजारौंको संख्यामा बितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार