पारिवारिक हौसलाका कारण कोरोना मुक्त भए

कर्णाली प्रदेशका १० जिल्ला मध्य कोरोनाको केन्द्र बनेको दैलेखमा सोमबार सम्म १ हजार ३७ जना कोरोनाका बिरामी फेला परेका छन् भने ३ जनाले ज्यान गुमाई सकेका छन् । कर्णालीमा पहिलो पटक दैलेखमा देखिएको कोरोना हाल प्रदेशका सबै जिल्लाहरुमा फैलीएको छ । पहिले भारत लगायत अन्य मुलुकबाट जिल्ला भित्रिने नागरिकमा कोरोना संक्रमण पुष्टि हुने गरेको भए पनि पछिल्लो समय संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी सुरक्षार्थ खटिएका सुरक्षाकर्मी लगायत संक्रमितको सम्पर्कमा रहेका नागरिकमा समेत संक्रमण पुष्टि हुँदै गएको छ । यसै सन्र्दभमा स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत नमराज सुवेदीसँग कोरोना संक्रमित कसरी हुनु भयो संक्रमण पुष्टि पछि पारीवारिक सहयोग कस्तो रह्यो स्वास्थ्यकर्मीका हिसावले नागरिक कोरोना संक्रमण हुनबाट कसरी बच्ने यि यस्तै बिषयमा रहेर धमाका राष्ट्रिय दैनिकका सह–सम्पादक उदयराज अधिकारीले गरेको कुराकानी ः
तपाईं कसरी कोरोना संक्रमीत हुनु भयो ?
म आफैमा स्वास्थ्यकर्मी हो । स्वास्थ्य सेवा कार्यालय दैलेखको ईमरजेन्सी सह ईन्चार्ज भएकाले कोरोना महामारीका बेला उपचारमा आएका बिरामीहरुलाई हेर्नु परेका कारणले पनि म कोरोना संक्रमित भए जस्तो लाग्छ ।
अर्को कुरा मेरो आफ्नै घरमा एक जना जनप्रतिनिधि बस्नु हुन्थ्यो म पोजेटिभ हुनु अघि उहाँमा ज्वरो, रुगा, खोकी देखिएको थियो । स्वास्थ्यकर्मीका रुपमा म अहाँको स्वास्थ्य चेक जाँच गर्न गइरहन्थ्ये उहाँलाई पछि कोरोना पोजेटीभ देखियो । एक हप्ता पछि पिसिआर चेक गर्दा मलाई पनि कोरोना पोजेटिभ देखिएको होे ।
संक्रमण पुष्टि पछि के महसुस गर्नु भयो ?
संक्रमण पुष्टि भैसके पछि सुरुमा म कोरोना पोजेटिभ होइनकी जस्तो लाग्यो । आफ्नै घरमा बस्ने एक जनालाई पोजेटिभ देखिए पछि होम आइसोलेसनमा बस्दै आएको थिए । पारिवारिक रुपमा म र मेरो परिवार दुवै जना स्वाथ्यकर्मी भएका नाताले धेरै त डराएन् ।
मुख्य कुरा के भैदियो भने स्वास्थ्यकर्मी भएपनि मानवताका हिसावले बिभिन्न सञ्चार माध्यममा आएका समाचारहरु हेर्दा कहिँलेकाहीँ नरमाइलो लाग्ने, मन चिसो हुने अब के गर्ने भन्ने हुन्थ्यो । यति हुँदाहुँदै पनि दृढ संकल्प सहित म संक्रमित हो आफ्नो उपचार आफै गर्नु पर्छ सुरक्षित हुन पर्छ भन्ने कुराको महसुस गरे ।
संक्रमित भैसकेपछि आफ्नो भन्दा पनि परिवारका सदस्य प्रति अलि बढी चिन्तीत हुन्थ्ये साना बालबालिकालाई कसरी बचाउँने समाजलाई कसरी बचाउने आफु कसरी बच्ने भन्ने कुराको महसुस धेरै हुन्थ्यो ।


सामाजिक रुपमा कोरोना भन्ने बित्तिकै डराउनु पर्ने अबस्था छ तपाइलाईं के लाग्छ ?
अहिले विश्व नै कोरोना महामारीसँग जुधिरहेको छ । विश्वको परिस्थितिलाई देखेर आम नागरिक डराई रहेका हुन । म एक कोरोना पोजेटिभ सन्चो भएको व्यक्तिको हिसावले के भन्छु भने कोरोनाबाट डराउने हैन कोरोनासँग लड्ने हो ।
पहिले पहिलेका सरुवा रोगहरुबाट नागरिकहरुको मर्ने दर ५० देखि ६० प्रतिशत थियो । अहिलेको कोरोनाबाट मर्नेको दर त्यस्तो छैन । नेपालमा कोरोनाको हकमा अहिले मर्नेको दर एक दमै कम छ । पाँच सात सय जना संक्रमित मध्ये १ जना मरेका छन् । मर्नेहरु पनि दीर्घरोगि औषधी चलाइरहेका बढि हुन । आम नागरिकले कोरोना लाग्छ की भनेर डराउनु भन्दा लाग्नै नदिन बिषेस ख्याल गर्नु पर्छ ।
कोरोना पुष्टि पछि पारिवारिक सहयोग कस्तोे रह्यो ?
कोरोना पोजेटिभ भए पछि मलाई पारिवारिक सहयोग हुन्थ्येन भने आइसियू, भेन्टिलेरमा राखेर उपचार गरिनु पथ्र्याे । मलाई लक्षण सहितको कोरोना पुष्टि भएको थियो । परिवार र आफु स्वयम स्वास्थ्यकर्मी रहेकाले पारिवारिक सहयोग रह्यो ।
संक्रमण पुष्टि पछि सुरक्षित रुपमा बस्नलाई परिवारले ठूलो सहयोग ग¥यो । अरु मानिस मेरो अगाडी आउन डराउथ्ये तर मेरो म्याड्मले पूर्ण सहयोग गर्नु भयो । पारिवारिक रुपमा ठूलो सहयोग नपाएको भए समस्या हुन्थ्यो जस्तो लाग्छ ।
तपाईं एक स्वास्थ्यकर्मी आम नागरिकले कोरोना संक्रमणबाट बच्न के गर्नु पर्ला ?
आम नागरिकले कोरोना संक्रमणबाट बच्न सुरक्षित रहन आबश्यक छ । यो समयमा बिश्व कोरोनाबाट आक्रान्त छ । नागरिक सुरक्षित भएको खण्डमा कोरोना संक्रमणबाट सजिलै बच्न सकिन्छ । बिना काम कसैकोमा नजाउँ, मास्कको अनिवार्य प्रयोग गरे पछि पनि कोरोनाबाट बच्न सकिन्छ ।
भौतिक दुरी कायम गरी बसेको खण्मा पनी संक्रमणबाट बच्न सकिन्छ । अब आउँने समय चाडवार्डको भएकाले आफ्न्त कहाँ जाने रमाइलो गर्ने पारिवारिक जमघट गर्ने लगायतका कामहरु गरेनौ भने कोरोनाबाट बच्न सकिन्छ ।
मुख्य कुरा के छ भने हामीले कुनै पनि बस्तु छोइसके पनि अनिवार्य रुपमा मिचि मिचि हात धुने ग¥यांै भने हामी कोरोना संक्रमण हुनबाट बच्न सक्छौ आम नागरिकलाई पनि बचाउन सकिन्छ ।
कोरोना संक्रमण पछि सामाजिक सहयोग कस्तो पाउँनु भयो ?
बन्द कोठामा चौध पन्ध्र दिन सम्म थुनिएर बस्नु पर्दा राम्रो कुराको महसुसु हुने कुरा त भएन एक कोरोना पोजेटिभ बाक्लोे बस्तिको होम आइसोलेसनमा रहदा मानिसले अच्चम तरिकाले हेरेको महसुस गर्थे उता कोरोनाको बिरामी हो भने जस्तै लाग्थ्यो ।
कँहिले कँही फे्रसहुन छत तिर गएको समयमा कोही कोहीले परैबाट ओ…कोरोना दाई भनेर जिस्कानु हुन्थ्यो । रमाइलो तरीकाले जिस्काएको भए पनि नराम्रो महसुस हुन्यो । एक कोरोना संक्रमितलाई समाजले हेर्ने ढृटिकोण फरक पाए । कीनकी यो मेरो समाजकालागि नयाँ थियो ।
तपाई कोरोना मुत्त कसरी हुनु भयो ?
कोरोना मुक्त कसरी भए भने दैनिक पाँच देखि सात लिटरसम्म पानी उमालेर मन्तातो भए पछि पिउँथे, नियमित झोलीलो खाद्य पदार्थ बनाएर खान्थे, बिहान साझ दुई पटक दुधमा बेसार राखेर खान्थे, वेसार पानीको बढि प्रयोग गरे ।
गुर्जो,ज्वानोको झोल, मासुको रस, घरमै उमारीएको च्याको रस, फलफूल नियमित दिनमा पाँच सात पटक खाने गर्थे, औषधिको रुपमा खोकी लाग्दा खानु पर्ने औषधी, ज्वरो आउँदा खानु पर्ने औषधी श्वास प्रश्वासमा समस्या भएको खण्डमा निबोलाइजेसन प्रयोग गरे ।
आफैलाई अहिले पनि महसुस हुन्छ यि सबै चिजको प्रयोग भन्दा पनि एक कोरोनाको बिरामीलाई गरिनु पर्ने पारिवारिक सहयोग माया सद्भावका कारण कोरोना जित्न सफल भए जस्तो लाग्छ । कुनै पनि बिरामी बाच्नुमा पारिवारिक हौसला ठूलो हुने रहेछ मलाई कोरोना मुक्त बनाउँने सबै भन्दा ठूलो औषधि पारिवारिक सहयोग हौसला हो ।
कोरोना मुक्त पछिको सामाजिक ढृष्टिकोण कस्तो छ ?
कोरोनाको बिरामी रहदा र अहिले मुक्त भैसके पछि समाजले हेर्ने ढृष्टिकोणमा केहि फरक आएको महसुस गरेको छु । संक्रमित हुँदा मानिसले देख्ने बित्तिकै उ… कोरोनाको संक्रमित भन्ने दिनको अन्त्य भएको छ ।
अहिले पनि कसैले देख्ने बित्तिकै फलानो कोरानाको बिरामी थियो रे उस्को नजिक नजानु भनेका कुरा सुनीन्नछन् कोरोना देखिनु अगाडी गरिने व्यावहार कोरोना पुष्टि भएका बेला गरिने व्यावहार र अहिले कोरोना सन्चो भए पछि हुने व्यावहारमा केहि फरक हुने रहेछ ।
म आम नागरीकलाई के अनुरोध गर्छु भने कोरोना मात्र होइन जुनसुकै रोग लागेको मानिसलाई अपमान नगर्नुस । सामाजिक पारिवारिक सहयोग सद्भाव हौसला प्रदान गर्नुस तपाइको सानो सहयोग हौसला सद्भावले बिरामीको जीवनमा केही न केही फरक पार्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार