
नेकपाको राजनीतिक माहोल अहिले तातिएको छ । प्रतिपक्ष काँग्रेसले तीन वर्षमा पहिलोपटक एकदिन बिरोध ¥याली निकालेपछि प्रतिपक्ष सुतेको छैन भन्ने संकेत गरेका बेलामा नेकपा भित्रको आपसी पदको खिचातानीले सत्ता र प्रतिपक्ष दुवैको भूमिका नेकपा भित्रैका नेता र कार्यकर्ताहरुले प्रस्तुत गरेका छन् । प्रतिपक्षले खेल्नुपर्ने भूमिका भनेको संसदमा हो संसदमा पनि लगभग दुई तिहाईको हाराहारीमा नेकपा पुगेपछि काँग्रेसको भूमिका सून्य हुनुलाई अस्वभाबिक मान्न सकिदैन् । तर नेकपा भित्रैको आन्तरिक किचलोले सत्ता र प्रतिपक्ष दुबैको भूमिका नेकपालेनै खेलिदिएपछि काँग्रेसलाई धेरै सजिलो भएको छ ।
बिगत दुईदिन देखि निरन्तर सत्ता पक्ष र प्रतिपक्ष दुबैको भूमिकामा नेकपाका नेता तथा कार्यकर्ताहरु देखिएका छन् । यती मात्र हैन आफ्नो घर उदाङ्गो पारेर नोपली काँग्रेसका नेताहरुलाई पदको बार्गेनिङ गर्न व्यस्त देखिएका छन् ।
नेकपामा आन्तरिक अनिष्ट अव कहिल्यै बहुमत आउँदैन ?
बिशेष गरेर नेपाल लगायका अल्पविकसित मुलुकहरुमा पश्चिमा देशहरुको प्रभाव अहिलेपनि रहँदै आएको छ । यस्तो परिस्थितीमा नेकपाले झण्डै दुई तिहाई बहुमत ल्याएर चलाएको सरकार एकाएक तीन वर्ष नपुग्दै ढल्नुलाई नेकपाको आन्तरिक अनिष्टका रुपमा व्याख्या गरिएको छ भने अर्कोतर्फ हिजो सरकार वा सत्तामा हुँदा अनियमितता र भ्रष्टाचारमा फसेका नेकपाका नेताहरुलाई कानून बमोजिम कारवाही गर्दै जाँदा शिर्ष नेताहरुनै जेल जाने खतरा उत्पन्न भएपछि नेकपामा अनिष्टको संकेत देखिएको हो । स्पष्ट बहुमत आएको सरकार पाँच वर्ष सम्म चल्न नदिनु वा चलाउन नदिनुले नेकपामा आन्तरिक अनिष्टको संकेत गरेको छ । यो हिसावले नेकपामा अव कहिल्यै पनि बहुमतमा नआउने बिश्लेषण सुरु भएको छ । किनकी एकले अर्कोलाई हराउने र सक्ने खेल सुरु भएपछि यो समस्या बढ्दै गएको हो ।
सत्ता समिकरण र चुनाव पनि रमाइलो हुने संकेत
आफ्नो घरमा आगो लगाएर खरानी बनाएका प्रचण्ड र केपिओलि समूहको समिश्रण अव देउवा वा रामचन्द्र पौडेलसँग जोडिएर अगाडी बढ्ने संकेत देखिएको छ । यति मात्र हैन अदालतले के.पि. ओलिको निर्णय सदर गरेमा चुनाव हुने देखिन्छ चुनावी गठबन्धन पनि अव नेकपाको एउटा गुट र काँग्रेसको एटा गुटमा समिकरण हुने संकेत देखिन्छ, अर्कोतर्फ प्रचण्ड र माधव नेपालले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने अफरले पनि सत्ता समिकरण र चुनावी समिकरण कसको हातमा पुग्ने भन्ने कुरा सहजै आंकलन गर्न सक्ने अवस्था देखिदैन । काँग्रेसले दुबै पक्षबाट कसरी फाइदा लिन सकिन्छ त्यही खेलमा लागेको देखिन्छ । के.पि. ओलिसँग मिल्दा धेरै फाइदा हुन्छ वा प्रचण्ड सँग मिल्दा धेरै फाइदा हुन्छ । दुबैको बिश्लेषण गरेर काँग्रेस अगाडी बढेपछि सत्ता समिकरण र चुनावमा पनि निकै रमाइलो हुने देखिन्छ । नेकपा एकले अर्कोलाई सक्ने र काँग्रेस दुबैको लडाँइबाटै ठूलो पार्टी हुने स्पष्ट देखिन्छ ।
बाँदरे प्रवृती ः आफ्नो घर भत्काएर अरुलाई अफर
नेकपामा देखिएको बिवाद अहिले बाँदरे प्रवृतिमा रुपमान्तरण भएको छ, आफ्ना नेतालाई आफ्नै पार्टीकाले बिरोध गर्दै सडक तताउनु बाँदरे प्रवृति बाहेक अरु केही देखिएको छैन् । अहिले नेकपाका नेताहरु आफ्ना नेताहरुलाई अस्विकार गर्दै काँग्रेसलाई बिभिन्न पद र प्रलोभन दिइरहेका छन् यो नेकपाका लागि बाँदरे प्रवृती बाहेक अरु केही नभएको बिश्लेषण गरिएको छ । यसले नेकपाको ठूलो घर भताभुँग हुने देखिन्छ भने काँग्रेसको घर बलियो बनाउने अफरका रुपमा देखिन्छ । अहिले यही बिश्लेषण भैरहेको छ ।
नेपालमा ७७ हजारको
सम्पत्ती छानवीन गर्नुपर्छ
नेपालमा देखिएको वर्तमान राजनीतिक संकट एकाएक एकले अर्कोलाई सक्ने गरि लागेको देखिन्छ । बिशेष गरेर सबैभन्दा ठूलो पार्टी मानिएको नेकपा भित्र मात्र हैन हिजोदेखिनै सत्ताको हालिमुहाली गरेर जनताको करको रकममा सत्ताको दुरुपयोग गरेर करोडौं सम्पत्ती आर्जन गर्नेहरु मध्ये न्यूनतम ७७ हजार जनताको सम्पत्ति छानवीन गर्नुपर्ने बेला देखिएको छ । चाहे नेकपा, चाहे काँग्रेस, चाहे अन्य दलमा हालिमुहाली गर्नेहरु, निर्वाचित नेताहरु, देशभरका सचिव, सहसचिव, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, स्टोर किपर र अन्य ओहदाका कर्मचारी यती मात्र हैन अभियान्ता, पत्रकार , व्पापारी, उद्योगी बिभिन्न ओहदका व्यक्तिहरु सबैलाई जोडेर प्रत्येक जिल्लामा न्यूनतम १ हजार जना व्यक्तिको सम्पत्ती छानवीन गर्नुपर्ने देखिएको छ । यसो गरेमा मात्र नेपालमा सुशासन र पारदर्शीता कायम हुने छ र मुलुक परिवर्तन हुने छ ।
दाउ छोप्दै काँग्रेस
नेपाली काँग्रस यतीवेला प्रधानमन्त्री के.पि. ओलिलाई पनि साथ दिन चाहन्छ र सत्ता भित्रैको प्रतिपक्षी बनेका प्रचण्ड र माधव नेपाललाई पनि साथ दिन चाहन्छ । किनकी जसरी भएपनि नेकपामा बिभाजन नआएसम्म काँग्रेसले आगामी चुनाव सहज नहुने निश्कर्ष निकाली सकेको छ । अहिले बाह्य बिश्लेषणलाई हेर्ने हो भने प्रधानमन्त्री के.पि.ओलि सँग काँग्रेस सभापती शेरबहादुर देउवाको हिमचिम बढी देखिन्छ किनकी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको नियुक्तिको बिश्लेषण गर्ने हो भने सभापती देउवाले भनेकै मान्छे अख्तियारमा पुगेको अवस्था छ ।
अर्कोतर्फ काँग्रेस नेता रामचन्द्र पौड्याललाई राष्ट्रपतिको अफर आउनुले समिकरण अव नेकपा गुट भर्सेस काँग्रेस गुट हुने संकेत देखिएको छ । दुवैबाट नेपाली काँग्रेसका नेताहरुले राम्रो फाइदा उठाउन सक्ने बिश्लेषण सुरु भएको छ ।
खेल प्रधानन्मत्री
राष्ट्रपतिको कुर्चीमा
अहिले बिशेष रुपमा प्रधानमन्त्री र राष्ट्रपतिको कुर्चीमा गएर खेल अडिएको छ । प्रधानमन्त्री के.पि. शर्मा ओलि र राष्ट्रपति विद्यादेबी भण्डारी दुवैलाई आफ्नै पार्टीका शिर्ष नेताहरु जो पार्टीको चुनावमा हारेका छन् उनीहरुलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष सजिलै हुने मोह पलाएपछि महाअभियोग र अविश्वासको कुरा एकाएक बाहिर आयो । पूर्व नेकपा एमालेको पार्टी अध्यक्षका लागि चुनाव लडेर जितेका प्रधानमन्त्री के.पि. ओलिलाई बखेडा झिकेर पार्टी अध्यक्ष पदबाट र प्रधानमन्त्रीबाट हटाउन खोज्ने खेल खेल्नुनै नेकपा भित्रको एकता भाँड्ने अभियान बनेको छ । यो अवस्था कसले ल्यायो भनेर कार्यकर्ताहरुले बुझिसकेका छन् । प्रधानमन्त्री के.पि.शर्मा ओलिको मन्तव्यलाई हेर्ने हो भनेपनि यो कुरा स्पष्ट खुलेको छ । यसको दोषि एकल के.पि.शर्मा ओलि मात्र हैनन् , मुख्य जिम्मेवार प्रचण्ड र माधव नेपाल रहेको र तीनै जनाले नेकपाका कार्याकर्ताहरुको भविष्यमाथि खेलवाड गरेको बिश्लेषण गरिएको छ । यसको सबै जिम्मेवारी तीनवटा नेताहरुले लिनुपर्ने देखिएको छ ।
नेकपा नेतालाई धिक्कार्दै
इमान्दार कार्यकर्ताहरु
नेकपाले एकलौटी बिजय गरेपछि र बहुमत ल्याएपछि अव मुलुक समृद्धिको दिशामा अगाडी बढ्छ । संविधानमा उल्लेख गरिएका अधिकारहरु नेपाली जनताले सहजै पाउँछन्, विकास र समृद्धिको नारा अगाडी बढ्छ भनेर बसेका इमान्दार कार्याकर्ताहरुले अहिले दुवै पक्षलाई धिक्कारेका छन् । आगामी चुनावले एकले अर्कोलाई सहयोग हैन अव हराउने रणनीति वडा तहसम्म पुगेको छ । यसको फाइदा नेपाली काँग्रेसलाई सहज हुने बिश्लेषण पनि गरिएको छ । नेकपाका दुई गुटको झगडा हुँदा नेपाली काँग्रेस वा तेस्रो शक्तिलाई सहजै फाइदा हुने बिश्लेषण गर्नु काँँग्रेसको दोष हैन नेकपाका नेताकै दोष हो इमान्दार कार्यकर्ताको बिश्लेषण छ ।
अव नेकपाले इतिहाँसमा कहिल्यैपनि बहुमत ल्याउन सक्दैन एकले अर्कोलाई हराउने अभियान सुरु हुन्छ अनि कसैले पनि बिजय हाँसिल गर्न सक्दैनन् यसको प्रत्यक्ष फाईदा काँग्रेसले लिन्छ ।
दुबै शिर्ष नेताको बैठक भिन्दाभिन्दै
नेकपामा बिवाद बढेसँगै दुई नेताहरुले भिन्दाभिन्दै बैठक बोलाउनुले पनि नेकपाको भविष्य समाप्त भएको नेताहरुले बिश्लेषण गरेका छन् । केही स्वार्थ प्राप्त गरेका नेताहरु मात्रै अहिले लाइनमा देखिएको भएपनि इमान्दार नेता र कार्यकर्ताहरु भने अहिले अन्यौलमा रहेका छन्, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपिशर्मा ओलि र पुष्पकमल दाहाल प्रचण्डले समेत छुट्टा छुट्टै स्थायी कमिटी बैठक आयोजना गर्नुले नेकपाको भविष्य समाप्त भएको बिश्लेषण गरिएको छ । यो लडाँईले काँग्रेसलाई फाइदा पुग्ने र नेकपा ध्वस्त हुने इमान्दार कार्यकर्ताहरुले बिश्लेषण गरेका छन् ।









