
नेकपाको राजनीति रंगमञ्च एकाएक परिवर्तन भएको छ । तीन दिन यता देखिएको नेकपाको बिवादलाई बिभिन्न तरिकाले व्याख्या र बिश्लेषण गरिएको छ । मंगलवार भएको नेकपा नेताहरुको भिन्दाभिन्दै बैठकको बिश्लेषण गर्ने हो भने औपचारिक घोषणा हुन नसकेको भएपनि नेकपा फुटेको बिश्लेषण सुरु भैसकेको छ ।
आ–आफ्ना कमिटी गठन गर्ने र पार्टी कार्यालय कब्जा गर्ने कामहरु समेत सुरु हुन थालेका छन् । नेकपाका लागि यो अनिष्टको संकेत भएको बिश्लेषण बिभिन्न तहबाट हुन थालेको छ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कसैलाई कारबाही पनि नगर्ने र पार्टी विभाजन पनि नगर्ने घोषणा गर्दै मंगलवार बिहान स्थायी कमिटी बैठक सम्पन्न गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्दै उनले पार्टी विभाजनतर्फ नलागी महाधिवेशन आयोजना गरेर नेतृत्व घोषणा गर्ने जानकारी गराएका छन् ।
‘हामी कसैलाई पनि कारवाही गर्दैनौं, न त पार्टी नै बिभाजन गर्छौ’ ओलीले बैठकमा भने , ‘महाधिवेसन गरेर नेतृत्व हस्तान्तरण गछौं, अब जाने भनेको महाधिवेशनमा नै हो ।’
बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेका छन् । अधिकाँस केन्द्रिय सदस्यहरुले मंगलवार नै सपथ ग्रहण गरेका छन् ।
दैलेखबाट ५ जना केन्द्रीय सदस्य मनोनीत
नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री के.पि. शर्मा ओलिले नयाँ केन्द्रिय समिति बैठकमा मनोनीत गरिएका केन्द्रीय सदस्य मध्ये दैलेखबाट ५ जना मनोनितमा परेका छन् ।
नेकपा दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्मा, पूर्व मन्त्री बिनोद कुमार शाह, सुर्यबहादुर शाही, मिनासिंह रखाल र धर्मराज रेग्मीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । सबैले सोमबार नै सपथ ग्रहण गरिसकेको पार्टी अध्यक्ष रबिन्द्रराज शर्माले जानकारी दिएका छन् ।
टेलिफोनमा कुरा गर्दै शर्माले कुनै पनि कार्यकर्तालाई बिचलित नहुन र निर्वाचनका लागि तयार रहन आग्रह गरेका छन् ।
प्रचण्ड–नेपाल समूहबाट माधव नेपाल पार्टी अध्यक्ष
काठमाडौंको बबरमहलमा मंगलवार दिउसो भएको प्रचण्ड– नेपाल समूहको नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय सँगै अध्यक्षमा माधब नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बबरमहलमा बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।
अध्यक्ष चयनपछि माधव नेपालले जहाज सही ढङ्गले उड्ने बताएका छन् । नेकपारुपी जहाज अव दुर्घटना नहुने बताउँद सही ढंगले अघि उड्ने नेपालको तर्क छ ।
बैठकमा केन्द्रीय सदस्य प्रभु साहले पार्टीमा दुई अध्यक्ष नभई एकल अध्यक्ष हुनुपर्ने फरक मत राखेका थिए । तर, उनको मत अस्वीकृत भएको थियो ।
त्यसैगरी कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा लैजाने निर्णय केन्द्रीय कमिटीले स्वीकृत गरेको छ ।
पार्टी कार्यालयहरुमा
तालबन्दी गर्ने काम सुरु
नेकपा बिभाजनको संघारमा पुगेसँगै दुबै पक्षकाले पार्टी कार्यालयमा तालाबन्दी गर्ने काम सुरु गरेका छन् । बिभिन्न जिल्लाहरुमा आ–आफ्ना पक्षधरहरुले तालबान्दी सुरु गरेसँगै नेकपाको राजनीति अव जिल्ला जिल्लामा आफै भिड्ने अवस्थामा पुगेको छ । यसले दुबै पक्षलाई कालान्तर सम्म राम्रो नुहुने इमान्दार कार्यकर्ताहरुले बताउँदै आएका छन् ।










