सुर्खेतः कर्णाली प्रदेशका बहालवाला मन्त्री दल रावलले केपी गुट छोडेर प्रचण्ड–माधव गुटमा लागेका छन् ।
कर्णाली प्रदेशसभामा नेकपामा प्रधानमन्त्री ओली समूहको तर्फबाट प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीको रुपमा बहाल रहेका थिए ।
मन्त्री रावललाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो । प्रदेशसभाको विद्यायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय पनि प्रवेश गरेका छनु । कर्णालीमा ओली क्याम्पनजिक देखिए पनि केन्द्रमा माधव नेपाल समूहमा पहिलेदेखि नै थिए ।
अर्का मन्त्री पनि ओली खेमा छोड्ने तयारीमा रहेको बुझिएको छ । मुख्यमन्त्री नजिकको स्रोतका अनुसार प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा पनि ओली खेमा छोडेर प्रचण्ड नेपाल खेमामा लाग्ने अन्तिम तयारी भएको छ ।
खासगरी जिल्लाको टिमसहित खेमा परिवर्तन गर्ने तयारीमा रहेको स्रोतको दाबी छ ।
योसँगै कर्णाली प्रदेश सरकार पूर्ण सुरक्षित भएको छ । यसअघि दुईजना साविकका माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर विष्ट ओली समूहमा गएसँगै कर्णाली प्रदेश सरकार असुरक्षित भएको भन्दै चर्चा चलेको थियो ।









