जीप दुर्घटनामा चालक सहित दैलेखका ४ नेता घाइते


पुस २०, दैलेख
नेपालगंज देखि सुर्खेत हुँदै दैलेखतर्फ आउँदै गर्दा सुर्खेतको बवै नजिकै जीप दुर्घटना हुँदा पूर्व जलस्रोत मन्त्री सहित नेकपा दैलेखका ३ नेता घाइते भएका छन् ।
घाइते हुनेमा पूर्व जलस्रोत मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य बिनोद कुमार शाह, केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति उपप्रमुख लक्ष्मीदेवी शाह, केन्द्रीय सदस्य सुर्यबहादुर शाही, जिल्ला कमिटी सदस्य पदमबहादुर माझि सहित चालक घाइते भएका छन् ।
घाइतेहरुलाई नेपालगंज मेडिकल कलेजमा उपचार भैरहेको छ । पछिल्लो जानकारी अनुसार सबै जना खतरामुक्त रहेको भन्ने खबर प्राप्त भएको नेकपा दैलेखका अध्यक्ष एवं बिघटीत प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार