गुराँसे भ्यूटावरमा आन्तरिक पर्यटकको लर्को एक महिनामै २ लाख आम्दानी भिडियो सहित


पुस २०, दैलेख
मुगुको रारा जाँदा र पुगेर फर्कदा अधिकांश आन्तरिक र बाह्य पर्यटकहरू दैलेखको गुराँस गाउँपालिकाको गुराँसे बजारलाई खाना खाने र विश्राम गर्ने स्थानको रूपमा लिने गर्दछन् । अहिले यो क्षेत्रमा भ्यूटावर निर्माण भएपछि आन्तरिक पर्यटकहरुको लर्को नै लागेको छ ।
आन्तरिक पर्यटकहरुको बाक्लो उपस्थिति हुन थालेपछि दैलेखको गुराँसे क्षेत्र पर्यटकीय क्षेत्रको रूपमा आफसे आफ विकास भएको छ । यसका लागि अहिले सम्म पालिकाले एक रुपैयाँ लगानी गरेको छैन तर चिसो र लेकाली भू भाग प्रशस्त मात्रामा आलु उत्पादन र गुराँसका फुलहरू बनै भरी फुल्ने भएकोले यो क्षेत्र पर्यटकीय क्षेत्र बनेको हो स्थानीय होटेल व्यवसायी देवीराम रिजालले बताए ।
कर्णालीको चर्चित पर्यटकीय स्थल मुगुको रारा पुग्ने अधिकांश पर्यटकहरूले गुराँस क्षेत्रमा खाना खाने र केही बेर विश्राम गर्नै गर्दछन् । त्यसैले पनि यसको प्रचार धेरै भएको हो । कृष्ण पाण्डेले बताए ।
अहिले गुराँसे क्षेत्रमा निर्माण गरिएको भ्यूटावरवाट नेपालगन्ज बर्दिया सम्मको दृश्यावलोकन गर्न सहजै पाउने भएपछि आन्तरिक पर्यटकहरूको भिड नै लाग्ने गरेको छ ।
कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय दैलेखले ३४ लाख २० हजारमा भ्यू टावर निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दै गएको हो । यसमा टेलिस्कोप राखिएको छैन, शौचालय छैन, अन्य पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता छ , भर्खरै निर्माण गरिएको मा नवनिर्मित गुराँसको रुख र रुखमा खेलेका पशुपंक्षिको आकर्षक चित्र संरक्षण नभएपछि भाँचिने अवस्थामा रहेको पर्यटक दुर्गा खत्रीको गुनासो छ ।
प्रवेश शुल्क तोकिएपछि एक महिनामा २ लाख आम्दानी


निर्माण सम्पन्न नहुँदै निःशुल्क प्रवेश गरिएको भ्यूटावरमा कात्तिक १५ देखि देखि प्रवेश शुल्क प्रति व्यक्ति २५ रुपैयाँ रकम तोकिएको छ । एक महिनामै मासिक २ लाख सम्म आम्दानी भएको स्थानीयले बताएका छन् । अहिले स्थानीय वन समितिको मातहतमा उक्त टावरको जिम्मा दिइएको छ । उठेको रकमले थप पूर्वाधार निर्माण गरिने स्थानीय वन समितिका पदाधिकारीले जानकारी दिएका छन् ।
प्रशस्त मात्रामा गुराँस पाइने यो क्षेत्रमा गुराँसको कृत्रिम आकृतिको रुख निर्माण गरिएको छ गुराँसको कृत्रिम बुटामा सेल्फि खिच्नेहरू र भ्यूटावरबाट दृश्यावलोकन गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
कोरोना भाइरस कोभिड १९ ले आक्रान्त भएको पर्यटन क्षेत्रको विकास गर्नका लागि आन्तरिक पर्यटन प्रर्बद्धनमा सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने कर्णाली प्रदेश आन्तरिक पर्यटन प्रवर्द्धन समितिका सह संयोजक एवं फोटो पत्रकार भरत बन्धु थापाले जानकारी दिएका छन् ।

https://www.youtube.com/watch?v=lB21L2hZpyE

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार