पुस २५, दैलेख
नेकपाको बिवाद अहिले वडा तहसम्म पुगेको छ । वडा तहसम्मका नेता र कार्यकर्ताहरु को कता छन् । कसलाई कसरी आफ्नो पक्षमा ल्याउन सकिन्छ भन्ने निकै धेरै कसरतहरु सुरु भएका छन् ।
आज दैलेख सदरमुकामका ओली पक्षले समर्थन जुलुस सहित सभाको कार्यक्रम आयोजना गरेका छन । सभालाई यामलाल कँडेल लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने तयारी भएको छ ।
प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले सदरमुकाम दैलेख बजारमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेका छन् । भेलालाई जनार्दन शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रचण्ड माधव नेपाल पक्षले केन्द्रमा बिवाद भएको केही दिनभित्रै पालिका पालिका तहसम्म पुगेर आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट सँगै सपथ ग्रहण, अगुवा कार्यकर्ता भेला हुँदै दैलेख सदरमुकाम र दुल्लुमा दुईवटा ठूला सभा सम्पन्न गरिसकेको छ ।
ओली पक्षका नेताहरु जिल्ला बाहिर भएका कारण केही ढिलो गरी कार्यक्रम सुरु भएको छ । अहिले दैलेखका सबै स्थानीय तहहरुमा दुबै पक्षका भेला धमाधम चलिरहेका छन् । ओली पक्षका विद्यार्थीहरुले दैलेखमा सर्मथन ¥याली निकालेका छन् ।
बिभिन्न स्थानहरुमा अगुवा कार्यकर्ता भेला भैरहेको छ । आज दैलेख सदरमुकाममा ओली पक्षले आफ्नो शक्ति प्रर्दशन गर्ने तयारी गरेको नेताहरुले बताएका छन् ।









