
पुस २७, दैलेख
दैलेखमा बालिका जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
दैलेखको गुराँस गाँउपालिका वडा नं.४ सेरी बस्ने २० वर्षे राजन बि.क.लाई पक्राउ गरिएको हो ।
सुर्खेत घर भई आफ्नो मामाघर बस्दै आएकी १४ बर्षिया एक बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरी थप अनुसन्धान प्रक्रिया थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।
बि.क.लाई दैलेख जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।










