भैसी बेचेर ठेकेदारलाई सहयोग गरेका मजदुर सडकमा प्रहरीमा निवेदन तर सुनुवाई भएन


माघ १३, दैलेख
दैलेखमा गौरवको आयोजना मानिएको साहारे खानेपानी आयोजनामा काम गरेका मजदुरले चार वर्षदेखि ३० लाख ज्याला पाएका छैनन् ।
दैनिक मजदुरी गरेका मजदुरको मात्र हैन अन्य बिभिन्न पसल, हार्डवेयर, होटल लगायतको हिसाव जोड्दा झण्डैं ६० लाख रकम निर्माण कम्पनीले ठगी गरेको छ ।
दैलेखको नारायण नगरपालिका वडा नं. ६ बिजौराका कुलबहादुर थापाले त निर्माण कम्पनीले काम लगाइदिएको भन्दै घरको भैसी बेचेर ठेकेदारलाई सहयोग गरे आफुले पनि काम गरे उनले पाउनुपर्ने १ लाख ९२ हजार रकम चार वर्षदेखि नपाएपछि अहिले उनि सडकमा भौतारिनुपर्ने अवस्थामा पुगेका छन् ।
ठगीमा परेका सबैले ठेकेदारविरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखमा ७ महिना अघि रकम असुल उपर गराइदिन भन्दै उजुरी दर्ता गरेको भएपनि अहिलेसम्म सुनुवाई नभएको कामदार कमल कोइरालाको गुनासो छ । आयोजनामा ७ वर्षदेखि पलम्बरको काम गरें, मैले मात्रै ६ लाख रुपिँया पाउनुपर्ने छ, खानेपानी समस्याले ब्याकुल भएको दैलेख बजारमा पानी ल्याउन ज्यानको बाजी राखेर भिर खोपेर मजदुरले काम गरे तर ठेकेदारले लाखौं रकम दुःखी र गरिव मजदुरको ठगी गर्दा समेत सम्बन्धित निकायहरु मौन बसेका छन् । ठेकेदारले पैसा नदिएपछि प्रहरी कार्यालयमा उजुरी गरेका छौं । कोइरालाको गुनासो छ ।
आयोजनाका साइड इन्चार्ज प्रविण खत्रीले रकम दिने भन्दै बारम्वार प्रक्रियाको कुरा गरिरहेका छन् तर कम्पनीले रकमको हिसाव किताव नगरिदिएका कारण आफुपनि समस्यामा परेको प्रतिक्रिया दिएका छन् । “म काठमाडौँंमै छु, अव एक साताभित्र हिसाव हुन्छ होला कम्पनीले समेत दैलेखमा रहेको साहारे खानेपानी समितिमा धरौटी राखेको ५४ लाख लिन बाँकी छ, तत्कालिन काम सुरु गरेको कार्यालय खानेपानी कार्यालय सँग करिव २ करोड बढी रकम लिन बाँकी नै रहेकोले कार्यालयबाट रकम प्राप्त हुनासाथ भुक्तानी गर्ने तयारीमा छौं । ”
नरायण नगरपालिका–४ मा अवस्थित खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब २ सय मजदुरले काम गरेका थिए । निर्माण कम्पनी सुमेकचन्द्र एण्ड वसन्त जेभीले मजुरको ज्याला तिर्ने बिषयमा गैरजिम्मेवारी काम गरेको मजदुरहरुको गुनासो छ ।
दैलेख सदरमुकाम दैलेख बजारमा खानेपानीको समस्या समाधानका लागि २०६९ सालमा २४ करोड रुपैयाँमा आयोजनाको सम्झौता भएको थियो । आयोजनाको लागि स्थानीय उपभोक्ताले समेत प्रतिघर ५ देखि १५ हजारसम्म रकम तिरेका छन् । २०७५ सालमा काम सम्पन्न भए पनि जिल्लाका बिभिन्न स्थानहरुका धारामा पानी अँझै पुगेको छैन् । आयोजना सञ्चालक साहारे खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सदस्यका अनुसार अन्तिम चरणका धेरै कामहरु बाँकी रहेका छन् ।
जिल्ला प्रहरीमा निवेदन परे लगत्तै केही दिन आयोजनाको जिम्मा लिएको कम्पनीलाई प्रहरीले ताकेता गरेको थियो । कम्पनीले केही दिनभित्रै समस्या समाधान गर्छु भन्ने जवाफपछि प्रक्रिया रोकेको थियो । नयाँ प्रहरी प्रमुख फेरिएसँगै ओझेलमा परेको ठगीको बिषय नयाँ प्रहरी प्रमुखसमक्ष जानकारी गराउने र प्रहरीले सुनुवाई नगरे अदालत जाने तयारीमा मजदुरहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार