भगवतिमाईको संशोधित वजेट ६४ करोड


माघ २४, दैलेख
जिल्लाको भगवतिमाई गाउँपालिकाले ६४ करोड ६४ लाख ५० हजार संशोधित वजेट हिउँदे अधिवेशनबाट सर्व सहमत पारित गरेको छ ।
सातौ गाउँसभाबाट ५५ करोड ६० लाख ७७ हजार वजेट पास भई आएकोमा वजेट थप भई आठौं गाउँसभाबाट ६४ करोड बढि वजेट पारित भएको हो ।
अनुमानित बजेट सँगै आठौं गाउँसभा बाट ३ वटा स्वास्थ्य सेवा कार्यबिधि र एउटा ऐन पारित भएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत बखत बहादु खड्काले जानकारी दिएका छन् ।
आठौं गाउँसभा (हिउदे) अधिवेसनबाट वडा नम्बर १ का वडा सदस्य पुष्पा अधिकारी प्रतिको शोक प्रस्ता पारीत गर्दै शुक्रवारबाट शुरु भएको र शनिवार पम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार