पत्रकार डेकेन्द्र हत्यामा संलग्न फरार अभियुक्त पक्राउ


माघ २५, दैलेख
द्धन्द्धकालमा तत्कालिन माओवादीद्धारा मारिएका दैलेखका पत्रकार डेन्द्रराज थापाको हत्यामा संलगन रहेका एक जना फरार अभियुक्तलाई दैलेख प्रहरीले १६ वर्ष पछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको महाबु गाउँपालिका–६ का ६८ वर्षीया जयबहादुर शाही रहेको प्रहरीले जनाएको छ । उनलाई खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।
जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाया तोकिएका शाहीले पूर्व पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेको र बाँकी रहेको सजाय भुक्तान गर्नका लागि पक्राउ गरी कारागार चलान गरिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जनाए ।
शाहिले १ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरेका र बन्दि प्रतक्ष करण परेका कारण अदालतको फैसता ढिला आए पछि थुना मुक्त भई फरार रहेका थिए ।
द्धन्द्ध कालमा तत्कालिन माओवादीद्धारा दैलेख वजारको खानेपानिको लाइन काटिए पछि समस्या समाधान गर्ने भन्दै वार्ताका लागि गएका उनलाई साबिकको द्धारी गाबिस–१ हालको नौमूले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते थापाको माओवादीले हत्या गरेका थिए ।
उनलाई नौमूलेबाट तत्कालिन माओवादीले अपहरण गरी ४५ दिनसम्म बन्दी बनाएर हत्या गरेका थियो । निर्मम तरिकामा हत्याको सिकार बनेको पत्रकार थापाको शव द्धारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो ।
माओवादीद्धारा हत्या गरीएका पत्रकार थापाकी श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जना बिरुद्ध किटानी जाहेरी दिए पछि तत्कालिन अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार