
फागुन ४, दैलेख
दुई धारमा बिभाजन भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताबीच टिम छोडेकै कारण कुटपिट हुन थालेको छ । आफ्नो समूहमा नरहेको भन्दै ओली समूहमा लागेका दैलेखको नौमूले गाउँपालिकाका सशिराम बिक माथि प्रचण्ड–माधव समूहका कार्यकर्ताले कुटपिट गरेका हुन् । आफु फरक टिममा लागेका कारण कुटपिट भएको बिकले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका छन् । नेपालगंजबाट आउँदै थिए चुप्रा नजिक बाइकमा झण्डा हाल्न भने मैले मानिन मलाई जातिय विभेदसँगै कुटपिट भयो । कानूनी उपचार खोज्छु विकले भने ।









