
फागुन ४, रुकुम
रुकुम चौरजाहारी नगरपालिकामा आएको प्रधानमन्त्री रोजगार कार्यक्रमको दोस्रो किस्ताको बजेट पार्टीको टिम नमिलेकै कारण ओली पक्षको वडामा बजेट कटौती गरिएको छ । यती मात्र हैन नेपाली काँग्रेस निकट मानिएका १ नं. र ११ नम्बर वडामा समेत बजेट कटौती गरिएको स्थानीय नेताहरुले आरोप लगाएका छन् ।
पहिलो किस्ताको रकम आएको थियो तर दोस्रो किस्ताको रकम बिनियोजनमा पक्षपात गरिएको छ । ओली पक्षका वडा अध्यक्ष बिजयी भएको वडा भएकै कारण प्रचण्ड पक्षका नगर प्रमुखले आफुमाथि अन्याय गरेको वडा अध्यक्षको गुनासो छ । थप विकासका लागि आएको बजेट बाँडफाँड भएछ तर मेरो वडामा कुनैपनि थप कार्यक्रमहरु राखिएन्, यस्तो तरिका अवलम्बन गर्नु भनेको विकास बिरोधी गतिविधि मात्रै हो । जनतालाई यो कुरा बुझाउने वडा अध्यक्षको भनाई छ । यस अघि आएको रकम सबै वडामा आवश्यकता र समानुपातिक आधारमा बाँडीएको थियो तर अहिले नगर प्रमुखले बजेट कटाएको आरोप नेताहरुको छ । नगर प्रमुखले भने कुनै पुर्वाग्राही नगरेको यस अघि बजेट परेकोले यसपालि नहालेको बताए । बजेटको सिलिगं हेर्दा वडा नंं १, ११ र १३ मा प्रधानमन्त्री रोजगारको पछिल्लो कार्यक्रम समावेश गरिएको छैन् ।
चौरजाहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सी.ले यस अघि २५ लाख रकम खानेपानीमा बिनियोजन गरिएको, सिचाईँ र सौचालयका लागि १६ लाख बिनियोजन गरेर काम भैरहेको बताएका छन् । अघिल्लो कार्यक्रममा रकम परीसकेका कारण यो पटक रकम नहालेको हो के.सी.ले भने ।
यस अघि टिमको लडाँई थिएन सबैलाई समानुपातिक बाँडिएको बजेट अहिले नेकपा बिभाजनको अवस्थामा पुग्दै गर्दा बजेट कटौती गर्ने प्रचलन बढेको चौरजाहारीका जनप्रतिनिधिहरुको गुनासो छ ।









