
फागुन ४, दैलेख
राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले बैशाख १७ गते कुनै हालतमा चुनाव नहुने बताएका छन् । बैशाख १७ चुनावको समय नभई ओली सरकार पतनको समय हुने ठोकुवा गरेका छन् । संसद विघटन असंवैधानिक रहेको भन्दै राष्ट्रिय युवा संघ नेपाल दैलेखले मंगलबार गरेको विरोध सभालाई सम्बोधन गर्दै ओलीले चुनाव नभई आफु सकिने मिति घोषणा गरेको बताए । जनताले बैशाख १७ पछि ओलीलाई अगाडि वढ्न नदिने भएकाले बैशाख १७ पछि ओली सरकारको पतन निश्चित रहेको सापकोटाको भनाई छ ।
हामिलाई पदका लागि लडाँइ गरेको भन्ने आरोप छ । यो लडाई पदको नभई सत्य र असत्य बिचको भएकाले असत्यका बिरुद्ध सबै एक मत हुनु पर्ने बताए ।
‘देसको बिकास गर्नु पर्ने बेला हामीले बनाएका प्रधानमन्त्री तानाशाहि, नोकर, कमेडिएन र संविधानको हत्या गर्ने हत्यारा रैछन भनेर चर्चा गर्नु दुर्भाग्य भएको बताउदै हिजो चुनाव ताका जनता सामु गरेको प्रतिवद्धता पुरा हुनु पर्नेमा ओलीका कारण देश अहिले यो स्थितिमा आएको उनको आरोप छ । ‘७१ वर्ष लामो कम्युनिष्ट आन्दोलनको रक्षा गर्लान, देशको समृद्धि लगायतका कुराको सस्थागत विकास होला भनेर नेतृत्वलाई जिम्मेवारी दिएका हौ तर व्यक्तिगत कुण्ठाका कारण अहिले पार्टी र देश बर्वाद गर्ने काम भएको सापकोटाको आरोप छ ।
भ्रष्टाचारीलाई तह लगाउने केपि ओलिको घोषणाका बारेमा प्रसंग जोड्दै सापकोटाले प्रधानमन्त्रीले अरु सबैलाई कारवाही गर्न छुट छ तर ओम्नी र यती समूह सँगै उनिसँग जोडिएका मन्त्रीहरुलाई कारवाही गर्छन कि गर्दैनन् त्यो पनि हेर्न बाँकी रहेको बताएका छन् । अहिले सत्तामा रहेका ओली सँग सबैकुरा छ यही बेलामा मदन भण्डारीका हत्यारालाई पत्ता लगाउन पनि आग्रह गरेका छन् । समय यही यही बेलामा हत्यारा खोज्न सक्नु हुन्छ कि हुन्न भन्दै सापकोटाले चुनौती दिएका छन् ।










