कर्णाली लोकसेवा आयोगको अध्यक्षमा उपाध्याय

फागुन ६, सुर्खेत
कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् । आयोगका सदस्यमा वसन्तीकुमारीसिंह शाही र भक्तबहादुर खड्का नियुक्त भएका हुन् । आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विहिबार पद तथा गोपनीयताको शपथ गराएका छन् । त्यस्तै आयोगका सदस्यलाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको शपथ गराए ।
विसं २०४४ पूर्व शिक्षक भएर आफू पढ्दै पढाउँदै गर्नुभएका उपाध्याय वि.सं २०४५ मा माध्यमिक विद्यालय निरीक्षक र शिक्षा मन्त्रालयका सहसचिवसमेत भएका थिए । नारायण नगरपालिका–३ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगरपालिका (१२ सुर्खेत बस्दै आएका उपाध्यायले क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतको निर्देशक भएर निवृत्तिभरण भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार