सर्वोच्चको फैसला अनपेक्षित तर स्वीकार्छौंः ज्ञवाली


फागुन ११, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली निकटका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । उनले फैसला जस्तो आएपनि त्यसलाई सहर्ष स्विकार गरी जाने बताए ।
‘सामान्यतया अपेक्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने, जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहने चिन्ता छ ।‘
उनले थपे, ‘जे समस्या हुने देखेका थियौं, त्यो त कायमै रहने भयो । तर, यो कुरा पछि भयो ।’ अहिलेलाई अदालतको फैसला स्वीकार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार