फागुन २५, दैलेख
इन्द्रदल गुल्म दैलेखले आयोजना गरेको हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । जिल्लामा पहिलो पटक खुला हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको हो ।
म्याराथन प्रतियोगितामा ५ किलोमिटर पुरुष तर्फ प्रथम गणेशप्रसाद रावत, द्धित्तीय गगन बहादुर खड्का, तृतीय कृष्ण रावल विजय भएका छन् । यस्तै ५ किलोमिटर महिला दौड तर्फ प्रथम वविता क्षेत्री, द्धित्तीय नम्रता थापा, तृतीय विपना शाही, चौथों हिरा थापा मगर, पाँचौं संगिता वयक विजय भएका छन ।
२१ किलोमिटर जिल्लावासीतर्फ प्रथम यमराज विसी, द्धित्तीय नेत्र बहादुर कार्की, तृत्तीय वविन जैसी विजय भएका छन् । यस्त,ै महिला तर्फ प्रथम एलिना शर्मा, द्धित्तीय इश्वरी खाती, तृतीय विमला रावत चौंथो नन्द कुमारी शाही विजय भएका छन् , खुल्ला तर्फ प्रथम खड्क बहादुर खड्का, द्धित्तीय तिलक शाही, तृतीय वीरेन्द्रप्रसाद भट्टराई विजय भएका छन् ।









