राष्ट्रिय जनमोर्चा दैलेख र नेकपा एमाले बिच पार्टी एकता हुँदै

दैलेख असोज ३
दैलेखमा पछिल्लो राजनीतिक समीकरण फेरबदल भएको छ । दैलेखमा रहेको राष्ट्रिय जनमोर्चा र (नेकपा) एमाले पार्टी बिच एकता हुने निर्णय भएको छ ।
राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) जिल्ला समिति दैलेखको सर्वसम्मत निर्णय अनुसार (नेकपा) एमाले जिल्ला समिति दैलेख सँग पार्टी एकता गर्ने निर्णय भइसकेको र अवको केही बेरमा औपचारिक रुपमा घोषणा हुने राष्ट्रिय जनमोर्चा दैलेखका नेता एवं उद्योगी झबिराज खत्रीले जानकारी दिएका छन् ।
राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाही सहित अन्य ४ जना सदस्यहरु समेत नेकपा एमालेको पार्टी एकतामा सहभागि हुने निर्णय भएको र औपचारिक कार्यक्रम सुरु हुने तयारीमा रहेको प्रतिनिधि सभाका सदस्य एवं नेकपा एमाले दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले जानकारी दिएका छन् ।
आजै (नेकपा) एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा च्यासलको तुलसीलाल स्मृति प्रतिष्ठान काठमाडौँमा घोषणा सभा हुने राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाहीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार