दैलेखः नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गाउँ÷नगर अधिवेशन पूर्वनिर्धारित मिति अनुसार आज देखि प्रारम्भ गर्ने निर्णय गरिएसंगै दैलेखको नारायण नगरपालिकामा नगर अधिवेशनको माहोल तातिएको छ ।
काँग्रेस नारायण नगर सभापतिको उम्मेदवारमा दुई जनाको प्रतिस्पर्धा हुने निश्चित भएको छ । आज हुने नगर अधिवेशनमा कांगे्रस भित्रको पौड्याल पक्षका नगर सभापतिका उमेदबार सुवास कुमार थापा रहेका छन् भने देउवा पक्षबाट मनोज कुमार थापा रहेका छन् ।
काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर अधिवेशनमा होमिएका दुवै उमेद्वारले आ–आफै जित्ने दाबि गर्दै आएका छन् ।









