
असोज ९, दैलेख
नेपाली काँग्रेस दैलेखको पालिका अधिवेशन दैलेखका ११ वटै पालिकाहरुमा सञ्चालन भइरहेको छ । विहानै देखि नेता तथा कार्यकर्ताहरुको पालिका मुकामहरुमा बाक्लो उपस्थिती देखिएको छ ।
नगर सभापति र पालिका सभापति लगायत बिभिन्न पदहरुमा उम्मेदवारीको चर्चा चुलिएको छ । वडामा सर्वसम्म नेतृत्व चयन गरिएको भएपनि पालिकामा भने सर्वसहमतीको अवस्था निकै न्यून देखिएको छ ।
विगतदेखिनै दुईवटा प्यानल रहेको नेपाली काँग्रेसमा पालिका अधिवेशनमा पनि स्पष्ट दुईवटा प्यानलका बीचमा प्रतिश्पर्धा देखिएको हो । देउवा पक्ष र रामचन्द्र पक्षधरका प्रतिनिधिहरुका छुट्टा छुट्टै बहस छलफल र भेटघाटपछि उम्मेदवारी तोकिएको र सोही अनुसार चुनाव भईरहेको नेपाली काँग्रेस दैलेखले जानकारी दिएको छ ।









