
दैलेखः नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दैलेखले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको संगठनका जिल्ला उपाध्यक्ष पूर्ण बहादुर थापाले बताए ।
असोज ४ गते केहि व्यक्तिले अमर्यादित कार्य गर्दै केन्द्रीय कार्यालयमा ढुंगा मुढा गर्ने, व्यानर र झण्डा च्यात्ने जस्ता अपराधिक कार्य गरेको र अपराधिक कार्य गर्नेलाई कानुनि कारवाहि गर्नुको सट्टा संगठनका पदाधिकारीलाई कार्यालयबाट पक्राउ गरि कृतीम बिवादको बहाना बनाई कार्यालयमा तालाबन्दि गरेको प्रति आपत्ति जनाउदै ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्रमा भनिएको छ, नेपाल निजामति कर्मचारी संघठनको केन्द्रीय कार्यालयमा सरकारी पक्षबाट लगाइएको ताला तत्काल खोलि संघठनको दशौं राष्ट्रिय अधिवेशन निर्वाचित पदाधिकारी सदस्यहरुलाई सहज तरिकाले काम गर्ने वातावरण मिलाइदिन प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ ।











