प्याप्सन दैलेखको अध्यक्षमा प्याकुरेल


पुष ३, दैलेख
निजि तथा आवसिय विद्यालय अर्गनाईजेशन नेपाल प्याप्सन दैलेखको अध्यक्षमा रमा प्याकुरेल निर्वाचित भएकी छन् । शनिवार भएको भेलाले १४ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको छ ।
उपाध्यक्षमा जयबहादुर विष्ट, कोषाध्यक्ष चित्र बहादुर शाही, सचिव प्रकाश बहादुर चन्द निर्वाचित भएका छन् । सदस्यहरुमा पुस्कर दाहाल, हिरालाल शर्मा, चक्र बडुवाल लगायत रहेका छन् ।
निजि बिद्यालयका साझा समस्या समाधानका लागि प्याप्सन दैलेखले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष रमा प्याकुरेलले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार