कानुन कार्यान्वयनमा कन्जुस्याई गर्दैनौ ः प्रहरी प्रमुख शाह


जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद शाहले कानुन कार्यान्वयनमा कुनै पनि कन्ज्यूस्याई नगर्ने बताएका छन् ।
आइतबार रेडियो ध्रुबतारा एफ.एमसंग कुराकानी गर्दै डिएसपी शाहले जिल्ला प्रहरी कार्यालय दैलेखले अपराध गर्ने व्यक्तिहरूलाई कडा कारबाही गर्ने, समयमै पक्राउ गर्ने जस्ता नीतिलाई अगाडि बढाएको बताएका हुन् ।
समग्र जिल्लाको शान्ति सुरक्षा कायम गर्नु नै प्रहरीको महत्वपूर्ण भूमिका रहेको साहको भनाई छ । जिल्लामा हुने अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने प्रमुख दायित्व नै प्रहरीको रहेको उल्लेख गर्दै उनले जिल्लाका लागि सकारात्मक र आम नागरिकलाई सहज होस भन्ने दृष्टिकोणले प्रहरी लागी रहेको बताए । आफू जिल्लामा आए देखी अहिलेसम्मको क्रियाकलापलार्ई हेर्दा सन्तोषजनक अवस्था नै रहेको दाबी गर्दै उनले नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउन जिल्ला प्रहरी कार्यालय प्रतिबद्ध भएर निरन्तर लागी रहेको शाहले जानकारी दिए ।
डिएसपी शाहले कुनै पनि कुरामा सफलता प्राप्त गर्नका लागि एउटा व्यक्ती मात्र नभई सम्पूर्ण टिम नै लागिपर्नु आवश्यक रहेको बताउँदै जिल्ला प्रहरी कार्यालयले पनि सम्बद्ध सबै सरोकारवालाहरुसंग सहकार्य गरेर नागरिकको सुरक्षाका लागि काम गरिरहेको बताए ।
जिल्लामा युवाहरु लागु औषधमा फस्दै गएको सन्र्दभलाई औल्याउँदै शाहले लागु औषधको प्रयोगमा फसेका युवाहरुलाई सबैभन्दा पहिले परिवारले उनिहरुको समस्या बुझेर मायाँ गर्नुपर्ने र यदी कुलतमा फसेका युवाहरुले आगामी दिनमा म कुलतबाट मुक्त हुन्छ भनेर प्रहरीकोमा आए आफुले व्यक्तिगत रुपमा त्यस्ता युवाहरु र परिवारसँग समन्वयको बातावरण तयार गरेर पारिवारिक मिलनका लागि पनि पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार