काठमाण्डांैः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको चुनाव संविधानसम्मत गर्नुपर्ने बताएका छन् । शुक्रवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनावको सम्बन्धमा अघि सारेका विकल्पहरू संविधानसम्मत नभएको बताए ।
कानुन संशोधन गरेर चुनाव गरे संविधानसम्मत नहुने भन्दै उनले संविधानसम्मत नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताए । पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूले यो कुरा राखिसकेको उनले उल्लेख गरे । गठबन्धनले संविधानसँग बाझिने गरी कुनै पनि काम नगर्नेमा उहाँले विश्वास व्यक्त गरे ।
मन्त्री थापाले भने, ‘सभापतिलाई मैले शुक्रवारको छलफलमा पनि भनिसकेको छु । र योभन्दा अगाडि पनि भनिसकेको छु । स्थानीय तहको चुनावको सन्दर्भमा अहिले जे–जस्तो विषय गठबन्धनभित्र प्रवेश भएको छ, र जुन–जुन विकल्पहरूको बारेमा छलफल भयो भनेर सञ्चारमाध्यमबाट बाहिर आएका छन्, ती कुनै पनि विषय संविधानसम्मत छैन ।
हामीले त्यो कोणबाट हाम्रो संविधानलाई बुझ्यौँ र त्यसको आधारमा स्थानीय तहको चुनावको बारेमा हामी अहिले कानुन संशोधन गरेर निर्णय गर्छाैँ भनेर जुन कुरा आइरहेको छ, यो ग¥यौँ भने यो संविधानसम्मत हुँदैन ।’ सभापति देउवाले यो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिबद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए । आज बस्ने गठबन्धनको बैठक स्थानीय तहको चुनाव तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको उनको भनाइ छ ।










