चुनाव हार्ने डरले गठबन्धनले अनेक बहाना बनाउँदै छः रिजाल


माघ १५, दैलेख
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले चुनाव हार्ने डरले सत्तारुढ गठबन्धनले अनेक बहाना बनाउन खोजिरहेको बताएका छन् ।
निर्वाचन आयोगले तीन पटकसम्म आगामी वैशाख या जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्न ताकेता गरिरहँदा पाँच दयिलय सत्तारुढ गठबन्धनले ६ महिना निर्वाचन धकेल्ने दाउमा रहेका बेला रिजालले यस्तो बताएका हुन् ।
शनिवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै रिजालले भनेका छन् । ‘संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ । कुनै पनि तहमा सरकार विहीनताको कल्पना गरेको छैन । जसरी केन्द्रमा प्रधानमन्त्री अर्थात् सरकार नभई एक दिन पनि चल्दैन, त्यसै गरी स्थानीय तहमा पनि जनप्रतिनिधि नभई एक दिन चल्दैन् ।’
‘यति स्पष्ट हुँदाहुँदै चुनाव हार्ने डरले सत्तारूढ गठबन्धनले अनेक बहाना बनाउन खोजिरहेको छ, जुन संविधान, कानुन, संघीय व्यवस्था र लोकतान्त्रिक प्रणालीका विरुद्धमा छ । ’ उनले भनेका छन् ।
यस्तै, (एमाले)का सचिव योगेश भट्टराइले स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राख्दै स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गरीसंबिधान र लोकतन्त्रको रक्षा गर्नु पर्ने बताएका छन् ।
भट्टराइले भनेका छन्, ‘स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर ! संबिधान र लोकतन्त्रको रक्षा गर !’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार