‘स्थानीयतहको निर्वाचन घोषणा नगरे गम्भीर कदम चाल्छौँ’


माघ १७, दैलेख
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्र दैलेखले स्थानीय तहको निर्वाचन तत्काल घोषणन नगरेको खण्डमा सरकार विरुद्ध गम्भीर कदम चाल्ने जनाएको छ । सोमबार दैलेख प्रशासन मार्फत विभिन्न ८ बँुदे मागहरु राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र संयन्त्रले बुझाउँदै यस्तो बताएको हो ।
जनसंगठन समन्वय संयन्त्र दैलेखले तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न र दैलेखी जनतासँग सरोकार राख्ने विभिन्न ८ वटा मागहरू राख्दै दैलेखका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
जनसंगठन समन्वय संयन्त्र दैलेखले आफ्ना मागहरुलाई गम्भीरता पूर्वक ग्रहण गरी सम्बोधन नभएमा सरकारका विरुद्ध गम्भीर कदम चाल्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ । ज्ञापनपत्र बुझाउदै एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले संविधानसम्मत सरकारले स्थानीय तहको निर्वाचन गर्नुका साथै जनताका समस्याहरु समाधान गर्न नलागेको खण्डमा एमालेले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै जाने बताए ।
संयन्त्रले स्थानीय तहको निर्वाचन मिति अविल्ब घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गर्न माग गरेको छ । सुकुमबासी समस्या समाधान गरी तत्काल जग्गाधनि प्रमाण पूर्जा वितरण गर्नु पर्ने, दैलेख जिल्लामा समस्याकारुपमा रहेको गुठिमा रहेको जग्गालाई रैकरमा परिणत गरिनु पर्ने, मठमन्दिरको नाममा रहेको जग्गालाई गुठि कायम गरिनुपर्ने मागहरु राखेको छ ।
यस्तै, दैलेखमा रहेको पेट्रोलियम पर्दाथको अन्वेषण कार्यलाई तत्काल अगाडी बढाउँनु संयन्त्रले माग गरेको छ । रसायनिक तथा प्राङ्गगारिक मलको आपूर्तिको सुनिश्चितता, विकास निर्माणका कामहरुमा देखिएको आर्थिक अनियमितता तत्काल बन्द गरी सुशासनको प्रत्याभूति, पेट्रोलियम पर्दाथ लगायतका दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि नियन्त्रण, कोभिड–१९ बाट प्रभावित जनतालाई रक्षाको निमित्त आवश्यक खोप तथा अन्य स्वास्थ्य सामग्रीहरुको निःशुल्क प्रवन्ध गर्न माग गर्दै संयन्त्रले ज्ञापनपत्र बुझाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार