दैलेख काँग्रेस कोषाध्यक्षमा श्रेष्ठः बैठकमै असहमति

दैलेखः नेपाली काँग्रेस दैलेखको निर्वाचन सम्पन्न पश्चात पहिलो बैठक शुभकामना प्रदान गरेर सकियो । आधिकारीक दोस्रो बैठकमा कोषाध्यक्ष मनोनयन गर्ने बिषयमा नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्यहरुले निर्णयप्रति असहमति प्रकट गरेका छन् ।
काँग्रेसका युवा नेता शैलेश श्रेष्ठलाई कोषाध्यक्ष नियुक्ति पछि केही नेताहरुले असहमती प्रकट गरेका हुन् ।
असहमति गर्ने केही नेताहरुले नोट अफ डिसेन्ट लेखेर बैठकबाट बाहिरिएको एक नेताले जानकारी दिएका छन् । बैठकमा असहमती राख्नेमा देउवा पक्षका नेताहरु रहेको बुझिएको छ ।
पार्टी सभापति मणिराम रेग्मीले कोषाध्यक्ष नियुक्तिका लागि शैलेश श्रेष्ठको नाम लिएका थिए, अन्य नेताहरुको पनि कोषाध्यक्षमा आकाँक्षा थियो होला छलफल पूर्ण रुपमा नभएको भन्दै केही नेताहरुले असहमति राखेको काँग्रेसका एक नेताले जानकारी दिएका छन् ।
पार्टी सभापति मणिराम रेग्मीले सामान्य रुपमा साथिहरुले असहती राख्नुभएको हो । हामी अर्को बैठकमा पुनः बिवाद समाधानको प्रयास गर्ने बताएका छन् ।
नेपाली काँग्रेस यही तरिकाले अघि बढेमा आगामी दिनमा झन समस्या उत्पन्न हुने रुष्ट नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार