स्वार्थी गठबन्धनलाई पानीमुनि गए पनि छोडिन्नः ओली

फागुन ७, काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्षमात्रै रहेको दाबी गरेका छन् ।
अध्यक्ष ओलीले एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने दाबी गरेका हुन् । शनिवार भक्तपुरको सूर्य विनायकमा आयोजित एक कार्यक्रममा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरूलाई आगामी निर्वाचनमा पानीमा गएपनि आफ्नो पार्टीले नछाडने चेतावनी दिए ।
ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरूलाई एमालेमै फर्कन आह्वान पनि गरे । प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरूलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ ।
उनले भने, ‘अव एक वर्षभित्र चुनाव हुनैपर्छ । बच्ला कहाँ पानीमुनि गएपनि यो स्वार्थी गठबन्धन कहाँ बच्छ ? बच्न सक्दैन । त्यसकारण अब त बढीमा एक वर्ष हो यिनको आयू । संसारभरीका जोतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छन् ।’ अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार