
चैत्र १, दैलेख
खसेको मत भन्दा ३१ मत बढी देखिएपछि मतगणनाको चरणमा पुगेर स्थगित गरिएको नेकपा एमाले दैलेखको चुनाव आज हुने भएको छ । मंगलवार उम्देवारहरुको मनोनयन कार्य सकिएको छ ।
पुस २३ गते एमाले दैलेखको सातौँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ कमिटी चयनका लागि पुस २७ गते मतदान भएको थियो । पुनः निर्वाचनको मिति तोकिएसँगै सबै नयाँ प्रक्रियामार्फत आज चुनाव हुने भएको हो ।
निर्वाचन प्रक्रियाका लागि केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाको टोली दैलेखमा आएको छ । आयोगका अध्यक्षको टोलीले निर्वाचन प्रक्रिया सम्पन्न गरेर पर्कने एक नेताले जानकारी दिएका छन् । कुल ७ सय २३ जना प्रतिनिधिहरु रहेका छन् ।
निर्वाचन प्रक्रियामा सहभागि प्रतिनिधिहरुले पुरानो कार्ड हराएको खण्डमा प्रतिलिपि कार्डको व्यवस्था गरिएको र सबै प्रक्रिया सकिएको निर्वाचन मण्डलका अध्यक्ष हिमालयजंग शाहले जानकारी दिएका छन् ।
जिल्ला अध्यक्षका लागि पहिलेदेखिनै चर्चामा रहेका दुई नेताको उम्मेदवारी परेको छ । नेकपा एमालेका वर्तमान पार्टी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का सांसद रबिन्द्रराज शर्मा र नेकपा एमालेका नेता एवं पूर्व भूमि आयोगका अध्यक्ष सुर्यबहादुर शाही वीच प्रतिश्पर्धा हुने देखिएको छ ।
उपाध्यक्षमा गुराँस गाउँपालिकाका नेता टोपबहादुर वि.सी. र भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाको उम्मेदवारी परेको छ । सचिवमा तिलक प्रसाद रिजाल र रुद्र बहादुर शाहीको उम्मेदवारी परेको छ । उम्मेदवारी परेका तीनवटा मुख्य पदहरु लगायतका सबै पदहरुमा प्यानलका आधारमा चुनाव हुन सक्ने संकेत देखिएको नेकपा एमालेका एक नेताले जानकारी दिएका छन् ।
अन्य पदहरुमा भने तोकिएको संख्या भन्दा धेरै उम्मेदवारी परेको छ । उप–सचिव पदमा २ जना निर्वाचित हुने व्यवस्था भएपनि ८ जनाको उम्मेदवारी परेको छ । कलावती न्यौपाने, गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनकप्रसाद न्यौपाने, झविराज खत्री (कवि) प्रेमबहादुर खड्का, विष्णु शाही, लक्षमीकुमारी कार्की रहेका छन् । भूगोल सदस्यमा पनि धेरैको आकांक्षा भएका कारण उम्मेदवारी बढी परेको छ । नारायण नगरपालिका भूगोलबाट ३ जनाका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । गगनबहादुर अधिकारी, भरतबहादुर थापा, मानबहादुर रावत, यामनारायण उपाध्याय, सुरतबहादुर रावत, हरिबहादुर थापा रहेका छन् । महिला तर्फ २ जनाका लागि ५ जनाको उम्मेदवारी परेको छ । धनसरी रेग्मी, पार्वती खड्का, मनधरा शर्मा, रत्ना थापा, हेमा खड्का रहेका छन् ।
महावु, नौमूले, भगवतीमाई र गुराँस भुगोलमा सर्वसम्मत
महावु गाउँपालिका भूगोलमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तीन जना पुरुषमा तीनजनाले मात्रै उम्मेदवारी दिएपछि सर्वसम्मत भएको हो । गंगाराम के.सी., बलबादुर शाही, हरिप्रसाद उपाध्याय, महिला सदस्यमा दुर्गा कु सिह र भुवनसरा बडुवालको मात्र उम्मेदवारी परेको छ । गुराँस गाउँपालिकामा कुल ब बि क, दल सिंह बुढा र बलराम खत्रीको उम्मेदवारी परेको छ । महिलातर्फ लिला बि सि र सिवा खड्काको उम्मेदवारी परेको छ । नौमूले गाउँपालिका भुगोलतर्फ, नामाखर शर्मा, याम प्रसाद शर्मा र सन्त बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । महिलातर्फ गिता चन्द र मन कुमारी सिंह थापा चुनिएका छन् । भगवतीमाई गाउँपालिकाबाट पुरुष तर्फ खड्क ब शाही, शान्ति प्रसाद शर्मा र सैलेन्द्रराज थापा निर्वाचित भएका छन् । महिलातर्फ खगिसरा बुढा, चन्द्रा रेग्मी सर्वसम्मत चयन भएका छन् । डुगेश्वर गाउँपालिकामा पवित्रा न्यौपाने र बिस्नुकुमारी न्यौपाने सर्वसम्मत चयन भएका छन् । दुल्लु नपाबाट निर्मला रिमाल पोखरेल, रेणु भट्टराई सर्वसम्मत भएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिकामा अम्बिका बोहरा र नन्दाकुमारी आचार्य सर्वसम्मत चयन भएका छन् ।










