१ सय ५ निर्वाचित सदस्यहरुलाई सपथ


दैलेखः नेकपा एमाले दैलेखको निर्वाचन पश्चात अध्यक्ष, पदाधिकारी सहित कुल १ सय ५ जना निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले दैलेखले निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरेको छ । निर्वाचित भएका सबैलाई जिल्ला समन्वय समितिको हलमा सपथग्रहण सँगै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नयाँ निर्वाचनको मतपरिणाम घोषणा सभा सम्पन्न गरेसँगै दैलेख एमाले आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएको निर्वाचित अध्यक्ष रबिन्द्रराज शर्माले जानकारी दिएका छन् ।
निर्वाचित मध्ये केही युवाहरुले पराजय भोगेको भएपनि केही युवाहरु नेतृत्व तहमा आएकोले एमालेको आगामी राजनीति यात्रा थप प्रभावकारी हुने बिश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार