काँग्रेसलाई वडामै उम्मेदवार छान्न सकस

दैलेखः स्थानीय तहको निर्वाचन नजिकिएसँगै दैलेखमा विभिन्न राजनीतिक दल वडा देखि गाउँपालिका÷नगरपालिका स्तरसम्म उम्मेदवार छान्ने कसरतमा छन् । ११ वटा स्थानीय तह ९० वडा रहेको दैलेखमा काँग्रेसलाई भने वडामै उम्मेदवार छान्न सकस देखिएको छ ।
निर्वाचनमा भाग लिने १३ दल चुनावी परिणाम आफ्नो पक्षमा पार्न गाउँ÷टोलो अभियानलाई तीव्रता दिएका वेला दैलेख काँग्रेसमा वडा देखि गाउँपालिका÷नगरपालिका स्तरसम्ममा उम्मेदवार हुनलाई धेरैले आकांक्षा देखाएकाले काँग्रेसलाई उम्मेदवार टुङ्ग्याउन सकस देखिएको हो ।
पहिलो चरणमा वडा अध्यक्षका उम्मेदवार टुङ्ग्याउने कसरतमा लागेको काँग्रेसले दैलेखका ९० वडा मध्ये हालसम्म ७ वटा वडाहरूमा वडा अध्यक्षका उम्मेदवार छनोट सर्वसम्मतिका माध्यमबाट गरेको छ । काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीका अनुसार दैलेखमा हालसम्म ७ वटा वडाहरूमा काँग्रेसले वडा अध्यक्षका उम्मेदवार सर्वसम्तीका माध्यमाबाट टुङ्ग्याएको बताए ।
रेग्मीले अहिलेसम्म जिल्लाका ९० वडामा ७ वडामा वडा अध्यक्षका उम्मेदवार टुङग्याको विवरण आएको बताए । उनका अनुसार नारायण नगरपालिकामा ९ र ७, नौमूले गाउँपालिकामा ८ र ६, भगवतिमाई गाउँपालिकामा १ र २ गुराँस गाउँपालिकामा वडा नम्बर ६ गरी सात वडाहरूमा उम्मेदवार सर्वसमतीका माध्यमबाट टुङ्ग्याइएको धमाका दैनीकलाई बताए ।
सभापति रेग्मीले चैत २० गतेसम्म वडा अध्यक्षकालागि उम्मेदवारी दिने,२६ गते प्रदेश निर्वाचन क्षेत्रले यहाँका ९० वडाका वडा अध्यक्षका उम्मेदवारहरूको टुङ्गो लगाउने बताए ।
‘काँग्रेसमा वडादेखि गाउँपालिका नगरपालिकासम्म उम्मेदवारमा धेरैको आकांक्षा देखिएकाले उम्मेदवारको टुङ्गो लगाउन सकस देखिएको छ, आकांक्षा देखाएकाहरूबाट प्रतिबद्धता लिने गरेका छौँ, पार्टीले गरेको निर्णय सबैले मान्नु पर्छ,’ उनले भने ।
गठबन्धनका विषयमा चरण चरणमा छलफल भइरहेको सभापति रेग्मीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार