चैत्र २८, सुर्खेत
उद्योग वाणिज्य संघ सुर्खेतको चुनावका लागि नेपाली काँग्रेस निटक व्यापारीहरु दुई प्यानलमा विभाजित भएका छन् । प्यानल खडा गरेर चुनावमा होमिने भन्दै संघका महासचिव लक्ष्मण कँडेल र बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का छुट्टा छुट्टै चुनावी मैदानमा उत्रिएका छन् ।
काँग्रेस निकट उद्योगीहरु मध्ये शेखर कोईराला टिम, नेकपा एमाले निकट व्यापारी टिम र समाजवादीको आधा टिमको नेतृत्व लक्ष्मण कँडेलले गरेका छन भने काँग्रेस निटक संस्थापन (देउवा) निकट उद्योगीहरु र नेकपा माओवादी निकट व्यवसायी टिमको नेतृत्व हर्षबिक्रम खड्काले गरेका छन् ।
दुवै टिमले प्यानलमै उम्मेदवारी दर्ता गराएका छन्
लक्ष्मण कँडेल अध्यक्ष रहने संयुक्त व्यवसायी टिमको वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उप– महासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा भीमप्रसाद पौडेलले उम्मेवारी दर्ता गरेका छन् । कँडेल टिमबाट सदस्यहरुमा खुलातर्फ रमेश बराल, दिपक खड्का, प्रकाशकुमार तिमिल्सेना, विशाल ढकाल, बालकृष्ण हमाल चालिसे, सागर भुषाल, टेकबहादुर थापा, सुरज थापा, विर्ख बडुवाल, गणेश खड्का, लक्ष्मी कार्की, महिला सदस्यमा लक्ष्मीकुमारी शर्मा तिवारी, हिमाकुमारी उपाध्याय, एशोसियट सदस्यमा मिलन पन्त र आरक्षित सदस्यमा ज्ञानेन्द्र वि.क.ले मनोनयन दर्ता गरेका छन् ।
हर्षबिक्रम खड्का नेतृत्वको वृहत लोकतान्त्रिक साँझा समूहबाट बरिष्ठ उपाध्यक्षमा गणेशबहादुर बस्नेत, वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा रामप्रसाद जैसी (राजु, उप–महासचिवमा पूर्णदेव अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सह–कोषाध्यक्षमा सूर्य केसी (बमुले उम्मेद्वारी दर्ता गराएका छन् ।
खड्का समूहबाट सदस्यहरुमा पूर्णबहादुर पाण्डे, नवराज गौतम, खड्कबहादुर शाही, बुद्ध तामाङ, मदनबहादुर खड्का, प्रेम शर्मा, प्रेमबहादुर भण्डारी, सन्तोष बराइली, पोषण खरेल, अजय गुरुङ, भुवन ज्ञवाली, लक्ष्मण देवकोटा, जनक थापा, महिला सदस्यहरुमा कृति शाक्य र लक्ष्मी कार्कीले उम्मेद्वारी दर्ता गरएका छन् ।
नेकपा एकीकृत समाजवादी निकटका व्यापारिहरु समेत काँग्रेस, एमालेको संयुक्त टिमबाट उम्मेदवारी दिएपछि चुनाव नयाँ मोडमा पुग्ने अवस्था देखिएको एक व्यापरिले बताए । समाजवादीका नेताहरुले कँडेल टिमसँग सहकार्य नगर्न चेतावनी दिएको भएपनि व्यापारिहरुले आफुहरुले व्यवसायिहरुको हक हितका लागि लागेको भन्दै व्यवसायीहरु कृष्णप्रसाद सुवेदी विर्ख वडुवाल र हिमा उपाध्याय लगायतले कँडेल टिमवाट उम्मेदवारी दिएको बताइएको छ ।
सोमबार उम्मेदवारी दर्ता कार्य सकिएको छ । आज १० बजेदेखी अपरान्ह ४ बजेसम्म उम्मेदवारी उपर दाबी विरोध र फिर्ता, सोही दिन अपरान्ह ६ बजे दावी विरोध उपर निर्णय र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।
बैशाख २ गते राती १२ बजेसम्म चुनाव प्रचार अवधि हुने र सोही दिनको १२ बजेपछि मौन अवधि तोकिएको निर्वाचन समितिका सदस्य नन्द भण्डारीले बताए । मतदान बैशाख ४ गते विहान ८ बजेदेखी साँझ ५ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ ।










