गाउँपालिका अध्यक्षले दिए राजीनामा


वैशाख १०, दैलेख
जिल्लाको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि अध्यक्ष बुढाले पदबाट राजीनामा दिएको बताए ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुढा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि (एमाले) भैरवीले बुढा सहित ८ जनाको नाम गाउँपालिका अध्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको जनाइएको छ ।
गाउँपालिकाका तीन जना वडा अध्यक्षले समेत पदबाट राजीनामा दिएका छन् । वडा नम्बर ४ का वडा अध्यक्ष वीरेन्द्र बहादुर शाही सहित तीन जना वडा अध्यक्षले राजिनामा दिएका हुन् । शाही (एमाले) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस भएका छन् ।
यस्तै, पदबाट राजिनामा दिने अन्य वडा अध्यक्षहरु मध्य वडा नम्बर ३ का अध्यक्ष देवी भण्डारी र वडा नम्बर ७ का अध्यक्ष छविराम आचार्य रहरेका छन् ।
७ वटा वडाहरू रहेको भैरवीमा अहिलेसम्म ३ जना वडा सदस्यले पदबाट राजीनामा दिनु भएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले बताए । वडा नम्बर १ का वडा सदस्य वसन्ता नेपाली, वडा नम्बर ५ का विष्णु प्रसाद जैसी र वडा नम्बर ७ का वडा सदस्य हरि प्रसाद गौतम गरी तिन जनाले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार