पहिलो दिन ६४ जनाको उम्मेदवारी दर्ता

वैशाख ११, दैलेख
स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको पहिलो दिन दैलेखमा उम्मेदवारी दर्ता न्यून परेको छ । ११ पालिकामा पहिलो दिन ६४ जनाको मात्र उम्मेदवारी दर्ता भएको हो ।
दैलेखको नारायण नगरपालिकाको वडा नं. १ को वडा अध्यक्षमा पहिलो स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारका रूपमा नारायण नगरपालिका वडा नं. १ का शारदा प्रसाद श्रेष्ठले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । दोस्रो उम्मेदवारी राप्रपा नेपालले दिएको छ । दैलेखको वडा नं. ११ मा वडा अध्यक्षमा दिएको हो । दुल्लु नगरपालिकामा प्रमुखका २ जनाको उम्मेदवारी परेको छ । महावु, नौमूले, भगवतीमाई र भैरवीमा अध्यक्ष पदका लागि उम्मेदवारी परेको छ ।
नेकपा एमालेले उम्मेदवारी टुङ्गाएका धेरै स्थानहरूमा पनि उम्मेदवारी पर्न सकेको छैन । सत्ता गठबन्धनको किचलो कायमै रहेका कारण आइतबार गठबन्धन दल र नेकपा एमालेबाट कुनै पनि स्थानमा उम्मेदवारी दर्ता भएको छैन । दैलेखको नौमूलेमा पालिका अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार