एमालेले टुंगायो ११ स्थानीय तहमा उम्मेदवार


वैशाख ११, दैलेख
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
११ वटै स्थानीय तहका उम्मेदवारको टुङ्गो लागेको (एमाले) दैलेखका उपसचिव गंगाराम दाहालले बताए ।
एमालेको तर्फबाट नारायण नगरपालिकाको मेयरमा लोमन शर्मा, उपमेयरमा तप्ता कुमारी थापा, दुल्लू नगरपालिकाको मेयरमा रुद्रबहादुर शाही, उपमेयरमा विना कार्की, चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयरमा सूर्यबहादुर शाही उपमेयरमा नन्दा विष्ट, ठाँटिकाधँ गाउँपालिकाको अध्यक्षका लागि लक्ष्मीदेवी शाह उपाध्यक्षका लागि देवीराम बडुवाल, महावु गाउँपालिकाको अध्यक्षमा हरिप्रसाद उपाध्याय उपाध्यक्षका लागि दुर्गाकुमारी सिंह, आठविस नगरपालिका प्रमुखमा तर्क बहादुर बडुवाल, उपप्रमुखमा कल्पना थापा, भैरवी गाउँपालिका अध्यक्षमा सर्वराज महत्तारा, उपाध्यक्षमा पदम कुमारी विष्ट को नाम टुङ्गिएको उपसचिव दाहालले बताए ।
नौमूले गाउँपालिकामा शशिराम बिक, उपाध्यक्षका लागि गीता चन्द, डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षका लागि सुन्दर केसी, उपाध्यक्षमा कलावति न्यौपाने, गुराँस गाउँपालिकाको अध्यक्षमा टोपबहादुर बिसी, उपाध्यक्षमा शिवाकुमारी खड्का, भगवतिमाई गाउँपालिको अध्यक्ष्मा शान्तिप्रसाद शर्मा, उपाध्यक्षमा बशन्ता शाहीको नाम टुङ्गिएकोे छ ।
बाँकी रहेका भैरवी गाउँपालिका र आठविस नगरपालिकामा एमालेको तर्फबाट उम्मेदवार टुङ्ग्याउन पार्टी केन्द्रीय कार्यालयमा पठाइएको नेकपा एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिएका छन् ।
गठबन्धनमा मतभेद कायमै
पालिकाको टुङ्गो लगाउने बिषयमा दैलेखमा रहेको चारदलिए गठबन्धनमा अँझै मतभेद कायमै रहेको छ । प्रमुख दल नेपाली काँग्रेसका कार्यकर्ताहरुले बिभिन्न पालिकाहरुबाट एक्लै चुनाव लड्ने भन्दै विज्ञप्ति सार्वजनिक गर्न थालेपछि समस्या बढ्दै गएको हो । चामुण्डाविन्द्रासैनी नगर कार्यसमितिले आइतवार विज्ञप्ति जारी गरी काँग्रेस केन्द्र र प्रदेशले गरेको निर्णय प्रति आपत्ति जनाएको छ । गठबन्धनमा सामेल नभई एकल चुनावमा जाने विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, नौमूले गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समावादीले मात्र गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) नौमूलेले चुनावी तालमेलमा भागबन्डा गर्दा वर्तमान जनमतको बेवास्ता गरी काँग्रेसको हैकमवाद कायम हुने गरी नीति निर्देशन भएकोमा काँग्रेससँग मित्रवत् प्रतिस्पर्धा गर्दै माओवादी र समाजवादी छुट्टै निर्वाचनमा जाने एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
यता, ठबन्धन भित्रको प्रमुख घटक नेपालिका काँगे्रसका जिल्ला सचिव तथा गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले दैलेखमा गठबन्धनका दलहरु बीच आधिकारिक निर्णय बाहिर आउन नसकेको बताएका छन् । छलफल जारी छ । १२ गते बिहान सम्म टुँगो लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार