काठमाडौंः यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले भोलि मंगलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ ।
आयोगमा सोमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि आजदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिए । सोमबारसम्म ८० प्रतिशत अर्थात् ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको उनले बताए । चुनावका लागि आयोगले जगेडासहित एक करोड ९४ लाख मतपत्र छाप्दैछ । निर्वाचन सामग्री भने सबै जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।
यसैबीच आयोगले आचारसंहिता पालना नगर्ने राजनीतिक दल र उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दोहो¥याएको छ ।









