गाउँपालिकामा एमालेका अध्यक्ष सहित वडाध्यक्षहरु निर्विरोध


वैशाख १२, दैलेख
कर्णाली प्रदेशको डोल्पा जिल्लाको से फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका अध्यक्ष धावासम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
उनीसहित सोही गाउँपालिका वडा नं.१,३,५,६,७ र ९ का वडाध्यक्षहरु क्रमशः जिक्मेछोइङ लामा, पेमागिर्मे गुरुङ, कार्मातार्के गुरुङ, रिग्जिन गुरुङ, पेमाछिरिङ गुरुङ र सार्के लामासहित अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाए ।
यस्तै, पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एमालेको तर्फबाट एक वडाध्यक्ष निर्विरोधे विजयी भएका छन् । ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै, सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्विरोध भएका छन् । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो ।
चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा एमालेको गाउँ भेलाले नेता छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्विरोध बनाएका हुन् । वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन् । साथै उनीहरुविरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार