काँग्रेस सभापति परित्याग समाजवादीबाट उपाध्यक्षमा उम्मेदवार

वैशाख १२, दैलेख
नेपाली काँग्रेस नौमूले गाउँ कार्यसमिति सभापति गंगबहादुर शाहीले पार्टी परित्याग गरेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
सोमवार शाहीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमूल्यन गर्दै पैसावाला सीमित दलाल, ठेकेदार तथा भ्रष्टहरूलाई टिकट बिक्री गर्ने पार्टीका केही दलाल नेताहरूका विरुद्ध घोर आपत्ति प्रकट गर्दछु ।’
शाहीले पार्टीमा दुःख, संघर्ष गर्ने कार्यकर्ताहरूको भविष्य समाप्त बनाइदिने तत्वहरूलाई खबरदारी गर्दै आजकै मितिबाट नेपाली काँग्रेस पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु ।’ विज्ञप्तिमा भनेका छन् ।
काँग्रेसबाट राजीनामा दिएका सभापति शाहीले नौमूले गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । गंगबहादुर शाहीले नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका नौमूलेका निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार