दैलेखमा गठबन्धनले टुंग्यायो भागबन्डा


वैशाख १२, दैलेख
लामो छलफल पछि दैलेखमा गठबन्धनको भागबन्डा टुंगीएको छ । जिल्लामा भागबन्डा मिलाउन नसके पछि निर्णयका लागि प्रदेशमा पठाइएको विवरण अनुसार सत्ता गठबन्धनले दैलेखका ११ स्थानीय तहमा भागबन्डा मिलाएको हो ।
एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अमरबहादुर थापाले दैलेखमा गठबन्धनले भगबन्डा टुंग्याएको उल्लेख गरेका छन् । उनले दैलेखका ११ स्थानीय तह मध्ये समाजवादीले ३ स्थानीय तहमा प्रमुख, काँग्रेसले ६ स्थानीय तहमा प्रमुख र माओवादी केन्द्रले २ स्थानीय तहमा प्रमुख पाएको उल्लेख गरेका छन् ।
यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गरी चार दलहरूले गठबन्धन गर्दै निर्वाचनमा जाने निर्णय गरेका थिए ।
सोही निर्णय अनुसार जिल्लाका ११ वटा स्थानीय तहमा गठबन्धनले भागबन्डा टुङ्ग्याएको हो । दैलेखमा जनता समाजवादी पार्टीको भने खासै प्रभाव छैन । जसपाको प्रभाव नभए पछि दैलेखका चार दलहरूले चुनावी तालमेल गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार