१ हजार ९ सय ८३ जनाले दिए उम्मेदवारी

दैलेखः स्थानीय तह निर्वाचनका लागि दैलेख जिल्लाभर एक हजार ९ सय ८३ जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार आठविस नगरपालिकामा दुई सय २०, चामुण्डा विन्द्रासैनी नगरपालिकामा दुई सय ३६, दुल्लू नगरपालिकामा दुई सय ४५ र नारायण नगरपालिकामा २ सय ३५ जनाको उम्मेदवारी परेको हो ।
यस्तै, गुराँस गाउँपालिकामा एक सय ३६, डुङ्गेश्वर गाउँपालिकामा एक सय १०, भगवतीमाई गाउँपालिकामा एक सय ५०, नौमूले गाउँपालिकामा एक सय ५४, महावु गाउँपालिकामा एक सय ५६, भैरवी गाउँपालिकामा एक सय ७५ र ठाटीकाँध गाउँपालिकामा एक सय ५७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाले जानकारी दिइन् ।
साथै, जिल्लाभर नगरपालिका÷गाउँपालिका प्रमुखमा ७७, उपप्रमुखमा ६५ जनाको उम्मेदवारी परेको छ भने वडाअध्यक्षमा चार सय ७४, खुला सदस्यमा सात सय २१, महिला सदस्यमा तीन सय ३८ र दलित महिला सदस्यमा ३ सय ८ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार