
दैलेखः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी दैलेख जिल्ला कमिटी सदस्य तीर्थराज थापाले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
थापाले आफु ०४६ सालदेखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहि काम गर्दै आएको र पार्टी विभाजनको अवस्थाले उत्पन्न परिस्थितिमा नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीको सदस्य र अखिल नेपाल किसान संघकोे सदस्य रहेकोमा उक्त पार्टीको सम्पूर्ण जिम्मेवारी छोडी नेकपा एमालेको झण्डा मुनि गोलबन्द हुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले विज्ञप्तिमा आफू कम्युनिष्ट आन्दोलनको रक्षा, पार्टी एकताको सुद्धृढिकरण र जनताको पक्षमा समर्पित गर्न नेकपा एमालेमा सामेल भएको बताएका छन् । ‘पार्टी विभाजनका कारण नेकपा एमाले भन्दा बाहिर रहनु उचित नभएको बताउँदै सबै कमरेडहरूलाई पार्टी एकता र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि एमालेमा गोलबन्द हुन आह्वान गर्दछु,’ थापाले विज्ञप्तिमा भनेका छन् ।










