
वैशाख २२, दैलेख
आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकीय सँगै दैलेखका विभिन्न राजनीतिक दलका उम्मेदवारले आफुले गर्ने कामहरुको घोषणापत्र सार्वजनिक गर्दै आएका छन् । निर्वाचनको मिति आउन ७ दिन बाँकी रहदा नेपाली काँग्रेसबाट नारायण नगरपालिकामा मेयरका उम्मदवार निर्मला कुमारी थापा (खड्का) ले ५८ बुँदे संकल्प पत्र सार्वजनिक गरेकी छन् ।
खड्काले सार्वजनिक गरेको संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगार, पूर्वाधार, संस्कृति, वन, तथा पर्यटन लगायतका कुराहरुलाई समेटिएको छ । संकल्प पत्रमा उच्च शिक्षा अध्ययन गर्नका लागि नगरपालिका भित्रका एक वडा एक उत्कृष्ट विद्यार्थीहरुलाई कोटा निर्धाण गरी छात्रवृत्ति प्रदान गरिने उल्लेख गरिएको छ ।
यस्तै जिल्ला अस्पताल दैलेखलाई एक सय वेडमा स्तरोन्नती गरी विशेषज्ञ जनशक्ति सहित सुविधा सम्पन्न बनाईने संकल्प पत्रमा उल्लेख गरिएको छ । बैदेशिक रोजगारबाट कर्किएका तथा वेरोजगार युवाहरुलाई ज्ञान, सीप, तालिम र क्षमताका आधारमा सहुलियत दरमा ऋण तथा अनुदानको व्यवस्था गरिने उल्लेख गरिएको छ ।
यस्तै पूर्वाधार तर्फ नारायण नगरपालिका भित्रको रिङ्गरोड (चक्रपथ) निर्माण कार्यलाई सम्पन्न गरिने उल्लेख गरिएको छ । स्मार्ट सिटीको अवधारणलाई अगाडी वढाइने संकल्प पत्रमा उल्लेख गरिएको छ त्यस्तै, आयोजनाको छनोट, प्राथमीकिकरणका आधारमा सार्वजनिक गरिने उल्लेख छ ।
संस्कृति, वन तथा पर्यटन तर्फ बाजा, जात्रा, नाच र सांस्कृतिक पर्वको संरक्षण तथा प्रवद्र्धन गरिने जनाइएको छ । नगरपालिकाका उपयुक्त स्थानमा होमस्टेको वयवस्थापन गरिने खड्काले जारी गरेको संकल्प पत्रमा उल्लेख गरिएको छ ।










